राहदानी विभागमा विद्युतीय राहदानी बनाउनेको घुइँचो, जिल्लाबाटै बनाउन अनुरोध

काठमाण्डौ – विद्युतीय राहदानी बनाउन आफ्नै जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिन राहदानी विभागले अनुरोध गरेको छ ।  पछिल्लो समय ७७ जिल्लाबाटै विद्युतीय राहदानीका लागि सेवाग्राहीहरू काठमाण्डौ आउँदा दिनमा १२ देखि १३ सय आवेदन स्वीकार गर्दा विभागमा घुइँचो र सेवाग्राहीलाई पनि सास्ती भएको भन्दै विभागले अत्यावश्यक अवस्था नभएमा जिल्लाबाटै राहदानी बनाउन अनुरोध गरेको हो ।  ‘अहिले जिल्लाबाट वा नियोगबाटै राहदानीका लागि आवेदन दिँदा पनि एक हप्तादेखि १० दिनमा राहदानी प्रिन्ट भएर गइसक्छ, नियो...

सम्बन्धित सामग्री

विद्युतीय राहदानी वितरण गर्न अव आइतवार पनि राहदानी विभाग खुल्ने

वैशाख १२, काठमाडौ । राहदानी विभागले सार्वजनिक बिदाको दिन अर्थात् आइतवार पनि राहदानी विभाग खुल्ने बताएको छ ।  सर्वसाधारणलाई सहज रुपमा विद्युतीय राहदानी उपलब्ध गराउनका लागि यहि जेठ १५ गते आइतवारदेखि प्रत्येक हप्ताको आइतवार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जानकारी दिएको छ । राहदानी विभागमा सेवाग्राहीको चाप बढेकाले सार्वजनिक विदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल सेवा उपलब्ध गराउन यस्तो नीति ल्याएको विभागको भनाइ छ । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने बताएको छ ।