बजेट प्रस्तुत गर्दा सरकार र सभामुखको मिलेमतोमा संसद नियमावलीको मनलागी प्रयोग

काठमाडौँ– सत्ता गठबन्धनको गैरजिम्मेवारीका कारण नेपालमा पहिलोपटक ‘बजेट होलिडे’ अर्थात् खर्चै गर्न नपाउने अवस्थाको सिर्जना भएको छ। सरकारको ध्यान अध्यादेश ल्याएर पार्टी विभाजनमा केन्द्रित हुँदा ढिलो गरी बोलाइयो। यसका कारण समयमा बजेट पास हुन सकेन र बुधबार रातिदेखि सरकारले खर्च गर्न नपाउने अवस्थाको सिर्जना भएको छ। आफैँलाई चाहिने बजेटको वैधानिकतालाई निरन्तरता दिन नसकेको सरकारले सभामुख […]