रानी जमरा सिँचाइ आयोजना : १३ वर्षमा ६० % मात्रै निर्माण, बाँकी एक वर्षमा सकिएला काम ?

टीकापुर । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अहिलेसम्म ६० प्रतिशतमात्र निर्माण सकिएको छ । आयोजना निर्माण शुरु भएको १३ वर्षमा ६० प्रतिशत मात्र निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०६७/६८ बाट निर्माण कार्य थालेको आयोजनाले २०८०/८१ मा काम सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिलेसम्म ६० प्रतिशत काममात्र सकिएको जनाएको छ ।  आयोजनाको गुरुयोजनाअनुसार रु २७ अर्ब ७५ करोड लागत रहेकामा अहिलेसम्म रु १८ अर्ब खर्च भएको छ । त्यसबाहेकका रकम खर्च हुन बाँकी रहेको र काम सम्पन्न गर्न तोकिएको समयभन्दा बढी समय लाग्ने देखिएको आयोजना प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिए । ‘तोकिएकै समयमा काम सम्पन्न हुने देखिएको छैन,’ उनले भने, ‘आयोजनाका पहिलो चरणका सबै कामहरू सम्पन्न भइसकेका छन् । अहिले दोस्रो चरणका कामहरू धमाधम भइरहेका छन् ।’ आयोजना प्रमुख श्रेष्ठका अनुसार दोस्रो चरणअन्तर्गत प्रशाखा नहर, त्यसपछिका टर्सरी फोर्स निर्माण, सडक ग्राभेल तथा पथरैया नदीका तीन स्थानमा पुल निर्माणका कामहरू भइरहेका छन् । ‘आयोजनाले जेठ ३१ गतेदेखि रानी जमरा, कुलरिया तिरका नहरमा पानी सञ्चालन गरेको छ,’ उनले भने, ‘पहिले वैशाख २५ गतेदेखि पानी सञ्चालन गरिए पनि नहरको बीचमा बनिरहेको विद्युत् गृहको केही काम गर्नुपर्ने भएकाले करिब एक साता नहरमा पानी बन्द गरिएको थियो ।’ अहिले जेठ ३१ गतेदेखि रानी, जमरा र कुलरिया नहरमा करिब ४५ क्युमेक्स पानी सञ्चालन गरिएको र लम्की तिरको नहरमा पनि असार पहिलो साता पानी सञ्चालन गरिने प्रमुख श्रेष्ठले बताए ।   आयोजनाअन्तर्गत ४.७ मेगावाट क्षमताको विद्युत् पनि उत्पादन हुने तयारीमा रहेको छ । ‘निर्माणाधीन विद्युत् उत्पादनको काम पनि यसै आर्थिक वर्षभित्र सक्ने आयोजनाको लक्ष्य छ,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘यसै आर्थिक वर्षको असोज–कात्तिकमा आएको बाढीका कारण आयोजनाका विभिन्न क्षेत्रका क्षति पुगाएकाले केही काममा ढिलाइ भएको हो ।’ यस वर्ष पनि कर्णाली नदी किनारमा जथाभावी उत्खनन भइरहेकाले त्यो समस्या दोहोरिने सम्भावना देखिएकाले यस विषयमा यहाँका नागरिकदेखि सरोकारवाला निकाय सजग हुनुपर्ने आयोजना प्रमुख श्रेष्ठको सुझाव छ ।  रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रानीमूल कुलाका १४ प्रशाखा कुला जमरा मुल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला छन् । ती मूल कुलाका शाखामार्फत बनेका आठ सय ६३ उपशाखा कुला छन् । यसरी ती शाखा र प्रशाखा कुलामार्फत किसानका ११ हजार हेक्टर खेतसम्म पानी लैजाने कार्य हुन्छ ।  किसान रामकृष्ण चौधरी आयोजनाले व्यवस्थित नहर बनाएर किसानका खेतसम्म वर्षभरि नै पानी पुग्ने व्यवस्था गरेमा यस क्षेत्रका किसान कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउँछन् । ‘आयोजना निर्माणाधीन अवस्थामा रहेकाले झन् किसानलाई कठिन भएको छ,’ उनी भन्छन्, ‘निर्माणका बहानामा समयमा खेतमा पानी पुग्दैन । समयमै पानीको सुविधा भएमा किसानलाई खेती गर्न सहयोग हुन्छ ।’  आयोजनाको कृषि एकाइले यससँगै किसानलाई कृषिमा आत्मनिर्भर र आकर्षित गर्न प्राविधिक, कृषि औजार, मल, बीउ जस्ता कुरामा अनुदान लगायतका कार्य गर्दै आएको छ । यसबाट सयौं किसान र कृषि समूहले लाभ लिँदै आएका छन् । रासस

सम्बन्धित सामग्री

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

मन्थली– जिल्लाको खाँडदेवी गाउँपालिका-३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।  बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं […]

तेह्रथुममा लिफ्ट सिँचाइ आयोजना सञ्चानल, स्थानीय खुशी

तेह्रथुम । तेह्रथुमको म्याङलुकमा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि म्याङलुङवासीलाई राहत भएको छ । स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिबाट पानी ल्याएपछि स्थानीयलाई सिँचाइ तथा खानेपानीमा धेरै सुविधा भएको हो । तेह्रथुमको म्याङलुङ नगरपालिका– १० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि स्थानीय खुशी भएका छन् । केउरानी बस्तीको सुख्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा […]

बबई सिँचाइ आयोजना

बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका सथा बबई सिँचाइ आयोजना सुरु भएको हो । नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)को संलग्नतामा ०२४ सालदेखि अध्ययन थालनी गरेको र...

डोटीमा दुई सय ५३ सिँचाइ आयोजना निर्माण हुँदै

डाेटी – डोटीमा चालु आर्थिक वर्षमा दुई सय ५३ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तरगत आयोजना निर्माणका लागि प्रदेश सरकारले ४० करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । अघिल्लाे आथिर्क वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मार्फत डोटीमा ३२ करोड १४ लाखको लागतमा सिँचाइ आयोजनाहरु निर्माण गरिएको थियो ।  चालु आर्थिक वर्षमा सिँचाइ तर्फ ४० करोड ९८ लाख बजेट व्यवस्थापन गरिएको छ । जस अन्तरगत २५३ वटा सिँचाइ आयोजना र १०७ वटा तटबन्धनका आयोजना नि...

बेसारघारी सिँचाइ आयोजना ८० प्रतिशत सम्पन्न

बेसारघारी सिँचाइ आयोजना पुस मसान्तसम्म हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । देवघाट गाउँपालिका–१ मा रहेकोे आयोजनाको अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तनहुँका...

तीनपटक म्याद थप्दा पनि  बनेन साँगे–पतेनी सिँचाइ आयोजना

निर्माण सुरु भएको तीन वर्ष पूरा हुँदा पनि साँगे–पतेनी सिँचाइ आयोजना सम्पन्न भएको छैन । ७ साउन ०७६ मा ठेक्का सम्झौता भएर २५ असार ०७७ मा सम्पन्न हुनुपर्ने आयोजना निर्माण व्यवसायीले...

४० वर्षसम्म बनेन प्यूठानको सिँचाइ आयोजना

१४ असोज, रोल्पा । प्यूठानको एक सिँचाइ आयोजना सुरु भएको ४० बर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ५ का खेतका लागि २०३७ सालमा सुरु भएको आयोजना अझै अधुरो छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङ नजिकको लुंग्री खोलाबाट प्यूठानको स्वर्गद्वारी नगरपालिका–५ सारीमा पानी लैजाने उक्त योजनाबाट रोल्पाको साविक मिझिङ गाविसको […]

अलपत्र नायकवाडा  सिँचाइ आयोजना ३६ वर्षपछि पुनः निर्माण हुने

जाजरकोट : जिल्लाको पूर्वी क्षेत्रमा रहेको ठूलो सिँचाई आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्ष पछि पुनः निर्माण गरिने भएको छ।बारेकोट गाउँपालिका ४ र ५ मा रहेको नायकबाडा सिँचाइ आयोजना २०४२ सालमा काम सुरुवात भएको थियो।यो सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भएपनि बीचमै काम रोकिएको थियो।कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आयोजना निर्माण गर्नका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिएका थिए। अध्ययन समितिले

महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा

कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको  छ ।मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो । करिब १३ किल

दोलखामा १४ वटा सिँचाइ आयोजना निर्माण हुँदै

पहाडी जिल्ला दोलखामा खेतीयोग्य जमिन सिञ्चित गर्न चालू आर्थिक वर्षभित्रै १४ वटा सिँचाइ आयोजना निर्माण सुरु हुने भएका छन् । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन...