युक्रेन हमला चर्किँदै गएपछि अमेरिकी र रुसी सेनाबीच हटलाइन सुरु

२० फागुन, काठमाडौं । अमेरिकी र रुसी रक्षा मन्त्रालयबीच नयाँ हटलाइन सेवा सुरु भएको छ । युक्रेनमा रुसी हमला जारी रहेका बेला ‘गलत कदम, सैन्य घटना एवं तनाव’ रोक्न भन्दै दुवै मुलुकले हटलाइन सेवा सुरु गरेका हुन् । बिहीबार एक अमेरिकी अधिकारीले रोइटर्स समाचार माध्यमसँग कुरा गर्दै पेन्टागन र रुसी रक्षा मन्त्रालयबीच नयाँ हटलाइन स्थापना […]

सम्बन्धित सामग्री

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्त

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन्। इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, ‘हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि  रुससँग वार्ता गर्न सक्छौँ।’उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले ‘अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्नेमा युक्रेनको अडान

काठमाडौँ – युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ ।” उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको […]

युक्रेन युद्ध : पछि हट्दै रुसी सेना

युक्रेनले प्रति आक्रमण तीव्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन् । युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेको बताएका छन् । रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ । दोनेत्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ ।रसियाले अप्रिलमा किभ वर

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

न्युयोर्क, ५ साउन । युक्रेन-रुस हमलामा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा […]

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए, ४५ हजार घाइते

न्युयोर्क – युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ। त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको तीन […]

युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता

रुस–युक्रेन युद्धमा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना पछाडि हटेको छ । युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना पछाडि हटेको दाबी गरेको छ । तर रुसले संयुक्त राष्ट्र सङ्घलाई युक्रेनबाट कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न त्यहाँबाट हटेको बताएको छ । स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ । युक्रेनको सशस्त्र बलका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले युक्रेनी भू–भागको रक्षा गर्न सघाउने सबैलाई धन्यवाद दिएका बीबीसीले उल्लेख गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो क...

पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोज्दै रुसी सेना

युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । शनिबार राति एउटा भिडियो सम्बोधनमा उनले भने, ‘रुसी सेनाको लक्ष्य के हो ? उनीहरुले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन् । ’आफूहरुको उद्देश्य देशको रक्षा गर्नु भएको उनले बताए । ‘हाम्रो लक्ष्य के हो त ? हामी आफैलाई, हाम्रो स्वतन्त्रता, हाम्रो भूभाग र हाम्रा नागरिकहरुको रक्षा गर्नु हो ।

राजधानी किभनजिकै पुग्यो रुसी सेना, मेयरको अपहरण

किभ । युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसदले ट्विटरमा […] The post राजधानी किभनजिकै पुग्यो रुसी सेना, मेयरको अपहरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेन हमलाका क्रममा पाँच सय रुसी सेना मारिएको स्वीकार

काठमाडौँ – युक्रेन आक्रमणका क्रममा ४९८ रुसी सेना मारिएका पुष्टि भएको छ। युक्रेन आक्रमणका क्रममा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हमलामा ठूलो संख्यामा […]

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् । खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा […]