रुसमा अन्तिम संस्कारको सेवा दिने एक कम्पनीको विज्ञापनमा विवाद भएको छ । कम्पनीको एक विज्ञापनमा कफिनसँग बिकिनी लगाएका महिलालाई देखाइएको छ । केही महिला कफिनमा पल्टिएको पनि देखिएका छन् । यस्तै, विज्ञापनमा केही महिलालाई नग्न पनि देखाइएको छ ।यो विज्ञापन सोसल मिडियामा भाइरल हुने बित्तिकै प्रयोगकर्ताले मस्कोस्थित यो हिरोनिम अन्डरटेकर्स कम्पनीलाई ट्रोल गर्न सुरु गरेका छन् । कम्पनीले हालै आफ्नो इन्स्टाग्राम र टिकटक अकाउन्टमा ४२ सेकेन्डको विज्ञापनको भिडियो सेयर गरेको थियो । कतिले शोकमा पनि सेक्स बिक्