अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गरिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।