बढ्दै छ बीमा कम्पनीविरुद्ध उजुरी

काठमाडौं । बीमा कम्पनीहरूको विरुद्ध बीमा समितिमा पर्ने उजुरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । बीमासम्बन्धी सेवामा बिभिन्न असन्तुष्टि जनाउँदै बीमित तथा ग्राहकहरूले कम्पनीविरुद्ध गर्ने उजुरीको संख्या बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आवमा समितिमा १३७ ओटा उजुरी (मुद्दा) दर्ता भएका छन् । अघिल्लो आव २०७६/७७ मा भने १२६ ओटा मुद्दा दर्ता भएको थियो । त्यसभन्दा पनि अघि अर्थात् आव २०७५/७६ मा १०० ओटा मुद्दा दर्ता भएको समितिको तथ्यांकमा उल्लेख छ । समितिलाई बीमासम्बन्धी मुद्दामा फैसला गर्न जिल्ला अदालतसरहको अधिकार छ । बीमा कम्पनीले दिने सेवामा चित्त नबुझेमा ग्राहकहरूले सीधै बीमा समितिमा उजुरी गर्न सक्छन् । बीमा समितिको फैसला चित्त नबुझेमा ग्राहकहरू पुनरवलोकनका लागि क्रमशः उच्च अदालत हुँदै सर्वाेच्च अदालतसम्म जान सक्ने व्यवस्था रहेको छ । समितिको उजुरी शाखाका एक उच्च अधिकारीले पछिल्लो समय बीमा कम्पनीहरू विरुद्ध पर्ने उजुरीको संख्या बढ्दै गएको बताए । यद्यपि, यसलाई सकारात्मक रूपमा पनि लिनुपर्ने उनको भनाइ छ । ‘पहिला अधिकांश ग्राहकहरूलाई बीमा समिति छ भन्ने पनि थाहा थिएन । कम्पनीहरूको सेवा चित्त नबुझेमा कहाँ गएर उजुरी गर्ने भन्नेमा पनि उनीहरू जानकार थिएनन्,’ उनले भने, ‘तर, पछिल्लो समय यस विषयमा चेतना फैलिएको छ । बीमा समितिको कामकारबाहीको विषयमा पनि प्रचारप्रसार भएको छ । त्यसको असरले नै बीमा समितिमा पर्ने मुद्दाको संख्या बढ्दै गएको हो ।’ समितिमा पर्ने अधिकांश उजुरी निर्जीवन बीमा कम्पनीहरूविरुद्ध रहेका छन् । निर्जीवनमा जीवन बीमामा जस्तो ठ्याक्कै रकम तोकिएर नै दाबी भुक्तानी दिन मिल्दैन । सर्वेयरले गरेको क्षति मूल्यांकनको आधारमा बीमा कम्पनीहरूले दाबी भुक्तानी दिनुपर्ने हुन्छ । त्यो अवस्थामा ग्राहकको चित्त नबुझ्न पनि सक्छ, सोही विषयलाई लिएर ग्राहकहरूले बीमा समितिमा उजुरी गर्ने गरेका छन् । कतिपय दाबी आवेदन नो क्लेमअन्तर्गत पनि पर्छन् । त्यस्ता विषयलाई लिएर पनि उजुरी पर्ने गरेको समितिको भनाइ छ । निर्जीवनमा मोटर, ठेक्कासम्बन्धी बीमामा बढी उजुरी पर्ने गरेको समितिले बताएको छ । जीवन बीमामा भने निर्जीवनको तुलनामा कम उजुरी पर्ने गर्छ । जीवन बीमाअन्तर्गत कम्पनीहरूले दाबी दिन्न भनेको अवस्थामा मात्र उजुरी पर्ने गरेको छ । कतिपय बीमितहरूले बीमा गर्दा स्वास्थ्य अवस्थाको विषयमा झूटो विवरण दिएका हुन सक्छन् । यसै आधारमा कम्पनीहरूले दाबी भुक्तानी नदिने गरेको पाइन्छ । सोही विषयलाई लिएर ग्राहकहरूले समितिमा उजुरी गर्ने गरेको स्रोतको भनाइ छ । गत आवमा निर्जीवन बीमा कम्पनीविरुद्ध ८४ र जीवन बीमा कम्पनीविरुद्ध ५३ ओटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आव २०७६/७७ मा क्रमशः १०१ र २५ ओटा मुद्दा दर्ता भएको समितिको भनाइ छ । बीमा समितिमा हालसम्म परेका उजुरीमध्ये अब १८० ओटा फैसला हुन बाँकी छन् । अन्य उजुरी भने पैmसला भइसकेको समितिको भनाइ छ । समितिका अनुसार गत आवमा ९३ ओटा मुद्दा फैसला भएका छन् । अघिल्लो आवहरूको पेन्डिङमा रहेको मुद्दासहित गत आवमा त्यस बराबरको मुद्दा फैसला भएको हो । प्राप्त उजुरीमा उजुरी शाखा आफैले पनि दुवै पक्षलाई राखेर आवश्यक सुनुवाइ गर्ने गरेको पनि छ । अधिकांश उजुरीको फैसला भने समितिको सञ्चालक समितिले नै गर्नुपर्छ । तर, नियमित रूपमा बोर्ड बैठक नहुँदा उजुरीको फैसला गर्न समय लाग्न गरेको स्रोतको भनाइ छ । ‘वास्तवमा बाँकी भएको १८० ओटा मुद्दा धेरै होइन । नियमित रूपमा बोर्ड बैठक बस्न सकियो र एउटा बैठकमा कम्तीमा पनि ५/६ ओटा उजुरी हेर्न सकियो भने छिट्टै सकिन्छ,’ उनले भने, ‘तर, बोर्ड बैठक पर्याप्त मात्रामा नहुँदा त्यस्तो गर्न सकिएको छैन ।’

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी बीमा ५१ प्रतिशत बढ्यो

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै जाँदा वैदेशिक रोजगार बीमागर्नेको संख्या पनि बढेको छ । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य व्यवस्था भएसँगै यस्तो बीमालेख बिक्री बढेको कम्पनीहरूको तथ्यांकले देखाएको छ । गत आवको भदौसम्मको तुलनामा चालु आवको भदौसम्ममा वैदेशिक रोजगार बीमालेख ५१.८४ प्रतिशतले बढेको बीमा प्राधिकरणले जनाएको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले वैदेशिक […]

बैतडीमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै

बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो।

एक महिनामै अर्ब बढीको बीमा पोलिसी त्याग

चालु आर्थिक वर्षको चैतसम्ममा बीमितहरूले साढे ९ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी त्याग गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा जीवन बीमा कम्पनीका बीमितहरूले ९ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ बराबरको ६५ हजार ८५० वटा बीमालेख सरेण्डर गरेका हुन् । अर्थतन्त्रमा शिथिलता आएसँगै पोलिसी समर्पण (त्याग) गर्नेको संख्या बढ्दै गएको प्राधिकरणले […]

मकवानपुरमा स्वास्थ्य बीमा गराउने बढे

मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ। साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ।

स्वास्थ्य बीमा गराउने बढे

काठमाडौँ,२ कार्तिक । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता […]

स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दै

चितवन– सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।  सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ […]

जीवन बीमा कम्पनीको नाफा घट्यो

काठमाडौं, जेठ २ । लामो समयदेखि निरन्तर बढ्दै आएको जीवन बीमा कम्पनीहरूको नाफा यसपालि भनेस्वाट्टै घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा मुलुकभित्र सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको औसत नाफा पोहोरको तेस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले घटेको छ । कम्पनीहरूको बीमांकीय मूल्यांकन गर्नुअघिको नाफामा ह्रास आएको हो । चालू […]

दाङमा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।  कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करीब १८ हजार जनाले स्वास्थ्य बीमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।  नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बीमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । आगामी असारसम्म जिल्लाका साढे २ लाख नागरिकलाई बीमामा...

बीमा क्षेत्रकै शाखमा धक्का

लामो  समयसम्म कोरोना बीमा दाबी भुक्तानी नहुँदा सर्वसाधारणमा समग्र बीमा व्यवसायप्रति नै नकारात्मक सन्देश जान  थालेको  छ ।   नेपालमा  कोरोना  सङ्क्रमण सुरु  भएपछि  सङ्क्रमितलाई  पौष्टिक  आहारका लागि आर्थिक सहयोग हुने भन्दै सङ्क्रमणलगत्तै रकम  दिनेगरी  सञ्चालनमा  ल्याएको  कोरोना बीमा कार्यक्रमले सुरुवातमा राम्रै चर्चा बटुुल्योध्रसङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा  गर्नेको  सङ्ख्या  पनि  ह्वात्तै  बढ्यो  तर बीमालेख...

बढ्दै छ बीमा कम्पनीविरुद्ध उजुरी

काठमाडौं, साउन २६ । बीमा कम्पनीहरूको विरुद्ध बीमा समितिमा पर्ने उजुरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । बीमासम्बन्धी सेवामा बिभिन्न असन्तुष्टि जनाउँदै बीमित तथा ग्राहकहरूले कम्पनीविरुद्ध गर्ने उजुरीको संख्या बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आवमा समितिमा १३७ ओटा उजुरी (मुद्दा) दर्ता भएका छन् । अघिल्लो आव २०७६/७७ मा भने १२६ […]