बथनाह–विराटनगर कार्गाे रेल सञ्चालन : सरकारी टोलीले गर्‍यो प्राविधिक अध्ययन

विराटनगर । भारतको बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गाे रेल सञ्चालन सम्बन्धमा प्रक्रियागत तयारी अघि बढाइएको छ । अहिले विराटनगरका लागि माल लिएर आएका कतिपय कार्गाेले ७ किलोमीटर दक्षिण बथनाहामै अनलोड गर्ने र त्यहाँबाट मालवाहक ट्रकमा आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता छ । रेलवे प्राविधिहरूले २ वर्षअघि नै सुझाएको आधारमा सरकारी टोलीले शुक्रवार र शनिवार आईसीपीसम्म रेलवे सञ्चालनको सम्भावनाबारे स्थलगत अध्ययन गरेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर क्षत्री, सहसचिव तीर्थराज वाग्ले, सहसचिव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी, शाखा अधिकृत सुसना शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवराज शर्मा, रेलवे विभागका सिनियर डिभिजनल इन्जिनीयर अमन चित्रकार, नेपाल इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक आशिष भुजेल र इन्जिनीयर शोभाकान्त राउत सहभागी थिए । विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाका अनुसार शुक्रवार रेलवेको अध्ययन गरि टोली राजधानी फर्केको छ । प्राविधिकलगायत सम्भाव्यताको अध्ययनपछि कार्गाे रेल आईसीपीसम्म ल्याउन अवरोध नरहेको ठहर गरी टोलीले प्रधानमन्त्री कार्यालयलाई सुझाव दिनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला दुवै देशबीच आईसीपीसम्म कार्गाे रेल सञ्चालनबारे सहमति भए प्रक्रिया अघि बढ्ने बताइएको छ । त्यसका लागि पूर्वाधारसमेत तयारी अवस्थामा छ । बथनाहबाट सोझै आईसीपीसम्म कार्गो आउने अवस्था आएमा ढुवानी भाडासमेत सस्तो पर्ने र त्यसले उपभोक्तालाई समेत राहत हुने नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले बताए । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत कार्गो रेल सञ्चालन सम्बन्धमा अध्ययन र सहजीकरण गरेको थियो । यसका लागि सबै तहका सरकारी निकायको पहल र समन्वयसँगै प्रधानमन्त्रीको भारत भ्रमणको बेला उच्चस्तरीय छलफल गर्ने तहसम्मको तयारी थालिएको छ । उक्त अवसरमा कार्गो रेल सञ्चालनको बाटो खुलाउन पहल गर्नेगरी सरकारीस्तरमा छलफल शुरू गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय, भारतीय पक्षसँग छलफल गर्नेस्तरमा पुगेको जानकारी दिए । । आईसीपीको रेल स्टेशनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल थालिएको रेग्मीको भनाइ छ । रेलवे विभागका महानिर्देशक दीपक भट्टराईका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइसीपीसम्म कार्गो रेल ल्याउने विषयमा दुईपक्षीय सम्झौता गर्न सकिने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काम अघि बढेको हो । त्यसका लागि प्राविधिकलगायतको टोलीले विराटनगरको रानीमा रहेको आईसीपी र रेलवे कस्टम यार्डलगायतको अध्ययन गरिरहेको छ । ‘रेलवे सम्पन्न भएर हस्तान्तरण हुँदा आफूहरूले जिम्मा लिए पनि अहिलेको रेलमार्ग व्यापारसँग पनि जोडिएकाले यसमा वाणिज्य मन्त्रालयले सहजीकरण गरिरहेको हो,’ भट्टराईले भने । उनका अनुसार कुन मोडेलमा कार्गाे सेवा सञ्चालन गर्ने भन्नेबारे अध्ययन भइरहेको छ । नेपाल–भारत रेलवे निर्माण सम्झौतामा बथनाह–कटहरी १८.६ किलोमीटरको दूरी निर्माण गरिने उल्लेख छ । निर्माण सम्पन्न भइसकेपछि मात्रै हस्तान्तरण गर्ने विषय उल्लेख छ । अहिले भारतीय पक्षसँग निर्माण भइसकेको क्षेत्र उपयोग गर्दै बाँकी काम पूरा गर्न सकिने सम्भावनाका बारेमा छलफल थालिएको छ । रेलमार्गको १८ दशमलव ६ किलोमीटरमध्ये निर्माण सकिएको ७ किलोमीटर दूरीबाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको ७ किलोमीटर दूरीमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो । नेपाल कस्टम यार्डमा अहिले पैदल यात्रुका लागि ओभर ब्रिज बनाउने कामसमेत भइरहेको छ । एशियाली विकास बैंकका परामर्शदाता श्याम दाहाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजूले गत जुलाई–अगस्टमा स्थलगत अध्ययन गरेर आईसीपीसम्म कार्गो रेल सञ्चालनको सम्भावना रहेको सुझाव दिएका थिए । त्यसैका आधारमा अहिले मन्त्रालयले बाँकी प्रक्रियागत पहल लिइरहेको छ । मन्त्रालयका प्रवक्ता रेग्मीले उच्च तहमा कार्गो रेल ल्याउने विषय छलफल भइरहेको दाबी गर्दै त्यसका लागि अन्तरसरकारी निकाय समन्वयको काम मन्त्रालयले गरिरहेको बताए । कार्गो रेल सञ्चालनका लागि पहिलो चरणमा नेपालले ८७५ मिटर लम्बाइ र ३१ मीटर चौडाइको यार्ड र आईसीपीसम्मको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । यार्ड निर्माणका लागि ६ करोड ८४ लाख र पहुँच मार्ग निर्माणका लागि ६३ लाख खर्च हुने अनुमान गरिएको छ । दोस्रो चरणमा अधिग्रहण भइसकेको रेलवेको जग्गा र आईसीपीभित्रको खाली क्षेत्र समेटेर ४० मीटर चौडाको कन्टेनर प्लाटफर्म विकास गर्न प्रस्ताव गरिएको छ । यसका लागि ४२ करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो चरणको विस्तारपछि कन्टेनर यार्ड ७१ मीटर चौडाइको हुनेछ । कार्गो रेल सञ्चालनका लागि एकीकृत भन्सार जाँच चौकी, रेलवे र भारतीय भन्सारबीच विराटनगर भन्सारले समन्वयको काम गर्ने बताइएको छ । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले व्यापार सहजीकरण बैठकमा कार्गो रेल ल्याउने विषयमा छलफल गरिने बताए । रेल सञ्चालनमा आए विराटनगर भन्सारमार्फत भारत तथा तेस्रो मुलुकमा हुने निकासी र तेस्रो मुलुकबाट पैठारीमा हाल लाग्दै आएको ढुवानी खर्चमा ३५ प्रतिशतले कमी आउनेछ ।

सम्बन्धित सामग्री

बथनाहा-विराटनगर रेल सञ्चालन गर्ने सहमति

भारतको वथनाहबाट मोरङको विराटनगरसम्म मालबाहक रेल सञ्चालनका लागि सहमति भएको छ। उद्योग संगठन मोरङले रेल सञ्चालनका विषयमा आयोजना गरेको छलफलमा नेपाल र भारत दुबै पक्ष चाँडै रेल सञ्चालन गर्न सहमत भएका हुन्।...

जनकपुर–जयनगर रेल सञ्चालन हुने खबरले जनकपुरवासी खुशी

-पवन यादवजनकपुर–जयनगर रेल सञ्चालन हुने खबरले जनकपुरवासी खुशी भएका छन् । पहिलादेखि नै सञ्चालन हुँदै आएको छोटी लाइनको लिकमा चल्ने रेल बन्द भएपछि त्यस क्षेत्रका सर्वसाधारण समस्या खेप्दै आएका छन् ।सरकारले छोटी लाइन विस्थापित गरी अत्याधुनिक रेल भित्र्याई यसअघि नै सफल परीक्षण गरिसकेको छ । रेल सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भए पनि उद्घाटन नहुँदा सञ्चालन हुन सकेको थिएन । भारतबाट दुईवटा रेल ल्याएर राखेकै करिब डेढ वर्ष भएको छ ।नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार भर्चुअल माध्यमबाट र

रेल सञ्चालन अझै अन्योल, कर्मचारी बिनाकाम तलब खाँदै

फागुनभित्रै कुर्था–जयनगर रेलसेवा सञ्चालन हुने उद्देश्यले १ फागुनदेखि  ‘ड्राइरन’ (यात्रुबिना) सुरु गरिए पनि रेल नियमित सञ्चालन अझै अन्योलमा परेको छ । १ फागुनदेखि नियमित ड्राई रन सञ्चालन हुँदै आएको थियो । तर, पनि चैत सुरु भइसक्दा पनि नियमित रेल सञ्चालन हुने निश्चित नभएपछि ड्राई रनको समय पनि कटौती गरिएको  छ ।  कुर्था–जयनगर ओहोरदोहोर गर्न दैनिक एक सय ३० लिटर डिजेल खर्च हुने गरेको छ । तर, यात्रुबिना नै रेल चल्ने भएपछि दैनिक खर्च बढेकोले खर्च कटौती गर्न

‘तत्काल रेल सञ्चालन गर्न सकिने’

जयनगर कुर्था रेल्वेबारे सरकारले आवश्यक निर्णय लिए तत्काल सेवा सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको  छ । जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।यसै सन्दर्भमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताएका हुन् । उनले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको

जनकपुर–जयनगर रेल सञ्चालन गर्न फेरि कानुनी अड्चन

काठमाडौं । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । रेल अध्यादेश २०७८ संसदमा पेश नै नभएका कारण स्वतः निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अड्चन खडा भएको हो । गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म ड्राई रन अर्थात यात्रुबिहीन रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । यसै […]

यही वर्षभित्र रेल सञ्चालन हुन्छ : मन्त्री यादव

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने दावी गरेकी छन् । मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पगेकी मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भइरहेको बताइन् । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी […]

रेल सञ्चालन तयारी

सरकारले नौ महिनाअघि भारतबाट ल्याएर थन्क्याएको रेल सञ्चालनको तयारी सुरु गरेको छ ।रेल सञ्चालनका लागि कुर्था–जनकपुर–जयनगर खण्डमा आइतबार रेल्वे ट्रयाकको स्पिड ट्रायल टेस्ट गर्न लागेको छ । भारत सरकारले ट्रयाक बुझाउने तयारी गरेकाले गर्दा ट्रयाक टेस्ट गरेर भारत सरकारले नेपाल हस्तान्तरण गर्न लागेको हो । “कति गतिमा रेल सञ्चालन गर्न सकिन्छ, सोही अनुसार ट्रयाक तयार […]

लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिए ।मन्त्री नेम्बाङले पानिजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न बित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिए । नीतिगत, व्यावहारिक र प्राविधिक सम्पूर्ण […]

रेल सञ्चालन झनै अनिश्चित

पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो लगाउन बाँकी छ ।रेल्वे कम्पनीले अन्तरदेशीय अनुमति लगायतका विषय टुंगो लागिसकेको जनाउँदै चाँडै रेल सञ्चालन हुने दाबी गर्दै आए पनि कानुनी जटिलता, जनशक्ति तथा संरचना टुंगो लाग्न बाँकी नै छ । रेल सञ्चालन गर्ने भनिए पनि ‘कुन कानुनका आधारमा सञ्चालन गर्ने ?’ भन्ने मुख्य समस्या हल हुन सकेको छैन । नेप

स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी

रुपन्देही । स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा पाएको छ । अबको आठ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ । प्रारम्भिक सर्वेक्षणबाट रेल्वे निर्माणको लागत... The post स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी appeared first on Purbeli News.