एमालेले १४ जना सांसदलाई पदमुक्त गर्न हालेको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलील एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । […]

सम्बन्धित सामग्री

राज्यमन्त्रीद्वय पदमुक्त हुँदै

काठमाडौं, १९ फागुन । दुई राज्यमन्त्री पदमुक्त हुने भएका छन् । भोलिबाट राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएपछि उनीहरु स्वतः पदमुक्त हुन लागेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँको राष्ट्रिय सभा सदस्य पदावधि भोलिदेखि सकिँदैछ । मन्त्री रहन सदनको सदस्य रहनुपर्ने प्रावधानअनुसार उनीहरु पदमुक्त […]

मतदान अधिकृत पदमुक्त

माधव बेल्वासेचन्द्रौटा : पदीय मर्यादाविपरीत काम गरेको भन्दै कपिलवस्तुका एक मतदान अधिकृत पदमुक्त भएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो।निर्वाचन अधिकृतको कार्यालय, चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो। पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो। पन्थीले निर्वाचन कार्य सम्पादन गर्दा नैतिक आचरण विपरीत

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

१५ साउन, बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् । जसपाको उपेन्द्र […]

दुई प्रदेश प्रमुख पदमुक्त

काठमाण्डाै – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पाैडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएकाे छ । मन्त्रिपरिषद्को आज मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेकाे थियाे । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६५ काे उपधारा १ काे खण्ड ख बमाेजिम पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा भनिएकाे छ ।...

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त भएका छन। आज राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी त्रिपाठीलाई पदमुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार राष्ट्रपति भण्डारीलाई भेट गरेसँगै पदमुक्त गरेको बताइएको छ।

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।  राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् ।माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् । खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

कर्णालीका चार सांसद पदमुक्त

नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको हो ।पदमुक्त हुने सांसदहरुमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा हुन् […]