लागुऔषधविरुद्ध विद्यालयमा सचेतना

बैतडी, १९ असार । लागुऔषधविरुद्ध जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभरिका विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएको हो । जिल्लाका सबै विद्यालयमा गएर विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गर्दैआएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलापमा संलग्न नहुन सचेत गराउन […]