काठमाण्डौसहित देशका केही ठाउँको मौसम बद्ली : हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम अहिले बद्ली भएको छ । मौसम बद्ली भएका ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले गण्डकी प्रदेशको गोरखा र तनहुँ आसपासका क्षेत्रमा पानी परिरहेको छ । आज प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का पानी पर्ने र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केहीबेर हावा चले पनि सामान्य भन्दा अलि बढी नै चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद् निराजन सापक...

सम्बन्धित सामग्री

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एक/दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ । पानी परेको छैन । धे...

आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।  उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही...

आज देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालबाट केही उत्तरतर्फ सरेकाले आज देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज देशको सुदूरपश्चिम र लुम्बिनी प्रदेशको केही ठाउँमा भारी वर्षाको सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागे पनि दिउँसोपछि बदली ...

आज हल्का वर्षा, पर्सि भने देशैभर पानी पर्ने सम्भावना

काठमाण्डाै - मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन । भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश-१ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । पर्सि भने मनसुन फेरि सक्रिय हुने अनुमान छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको म...

देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली भएको छ । मौसमविद् विष्णु घिमिरेका अनुसार आज पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै, आज तराईका जिल्लामा पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् घिमिरेले जानकारी दिनुभयो । आज तराईका जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । नेपालमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव छ । यसका कारण भोलि प...

तत्काल पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्छ : मौसमविद्

काठमाण्डाै - तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नबनेकाले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । तर, देशका अन्य क्षेत्रमा भने तत्काल पानी पर्ने सम्भावना छैन । बिहारमा बनेको न्यून चापीय प्रणालीकै असरका...

सोमबारसम्मै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई  नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्ययम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ...

देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश-१, प्रदेश-२ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको हो । आज दिउँसो र राति प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भाव...

हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलकाअनुसार दिउँसोपछि काठमाण्डौका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको छ ।