न्युक्यासलको प्रिमियर लिगमा रहने सम्भावना बलियो

काठमाडौं। तेस्रो स्थानको लेस्टर सिटीलाई ४–२ ले हराएपछि न्युक्यासलको युनाइटेड इङ्लिस प्रिमियर लिगमा रहने सम्भावना बलियो बनेको छ। रेलिगेशन क्षेत्रमा रहेको फुलह्यामले चार खेल खेल्न बाँकी हुँदा न्युक्यासल १२ अंकले अगाडी छ। न्युक्यासलले अब एक अंक जोडे प्रिमियर लिगमा रहने पक्का हुन्छ। न्युक्यासलले ४–० को अग्रता लिएको थियो। खेल सकिन दश मिनेट बाँकी रहँदा लेस्टरले दुई गोल फर्कायो।

सम्बन्धित सामग्री

आर्सनल सात अंकले अगाडि

आर्सनलले सन् २०२२ को अन्त्यसँगै प्रिमियर लिग उपाधि जित्ने सम्भावना उच्च बनाएको छ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सात अंकको अग्रता लिएको छ । आर्सनलले ब्राइटनलाई ४–२ ले हरायो । साबिक लिग विजेता...

क्लोपद्वारा आफ्नै टोलीको आलोचना

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन गर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जोखिममा पर्ने प्रतिक्रिया दिएका छन्।...

प्रिमियर लिगमा आर्सनल पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग खेल्ने सम्भावना कठिन बनेको हो । सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासललाई जीत दिलाउन ब्रुनो गुइमारेसले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं […]

युनाइटेडको सहज जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले अर्को सिजन युरोपा लिगका लागि छनोटको सम्भावना बलियो बनाएको छ । प्रिमियर लिगमा गएराती ब्रेन्टफोर्डलाई ३–० ले हराउँदै युरोपा लिगको सम्भावना मजबुत बनेको छ । युनाइेटडलाई सहज जित दिलाउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफेल भारेनले गोल गरेका थिए । यो सिजन युनाइटेडको घरेलु मैदानमा त्यो अन्तिम खेल थियो । पछिल्ला […]

प्रिमियर लिगमा आज

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१-२२ को पहिलो चरण अन्तर्गत आज शनिबार ७ खेल हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडको सामना गर्दैछ । यसपटक ट्रान्सफर विन्डोमा युनाइटेड आएका इंग्लिस विंगर जेडन सान्चोले आज खेल्ने सम्भावना रहेको प्रशिक्षक ओले […]

वेष्ट ह्यामको युरोपा लिग खेल्ने सम्भावना बलियो

एजेन्सी। वेष्ट ह्यामले गएराति इङ्लिस प्रिमियर लिगमा वेष्ट ब्रोमलाई ३–१ ले पराजित गर्दै युरोपियन प्रतियोगिता खेल्ने सम्भावना बलियो बनाएको छ। म्याथ्युज परेरको गोलबाट वेष्ट ब्रोमले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। वेष्ट ह्यामका टोमास सोउक, एन्जेलो ओगबोना र मिचेल एन्टोनियोले गोल गरे। लिगमा अन्तिम चरणको खेल बाँकी हुँदा वेष्ट ६२ अंकका साथ छैटौं स्थानमा छ। बेष्ट ब्रोम रेलिगेशनमा परेकोछ।

युरोपा लिग खेल्ने टोटनह्यामको सम्भावना बलियो

काठमाडौं। टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा वुल्भ्सलाई २–० ले हराउँदै आगामी सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बताएको छ। घरेलु मैदानमा टोटनह्यामको जितमा ४५ औँ मिनेटमा ह्यारी केन तथा ६२ औँ मिनेटमा पिएर एमिल होज्ब्जेर्गले गोल गरे। जितपछि छैटौँ स्थानको टोटनह्यामको ५९ अंक भएको छ। समान अंक भएको वेष्ट ह्याम सातौं स्थानमा झरेको छ।

चेल्सीको शीर्ष चारमा रहने सम्भावना बलियो

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा चेल्सीले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ। चेल्सीले गएराति फुलह्यामलाई २–० ले पराजित गरेको हो। चेल्सीको जितमा खेलको १०औं र ४९औं मिनेटमा काई हाभर्टजले गोल गरे। यो जितसँगै चेल्सीले पाँचौ स्थानको वेस्ट ह्यामसँग ६ अंकको अग्रता बनाएको छ । उसको ३४ खेलबाट ६१ अंक भएको छ।

लेस्टर विजयी, शीर्ष चारको सम्भावना बलियो

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गरेको छ। लेस्टरको जितमा टिमोथी कास्ताग्ने र केलिची इहिनाचोले गोल गरे भने क्रिष्टलका लागि जाहाले एक गोल गरे। यो जितपछि लेस्टरको शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनेको छ। जितपछि तेस्रो स्थानको लेस्टरको ३३ खेलबाट ६२ अंक भएको छ ।

प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई हरायो : शीर्ष चारमा पर्ने सम्भावना कायमै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई १–० गाेल अन्तरले हराएको छ । गएराति भएकोे खेलमा लिभरपुलका डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको २९ खेलबाट ४६ अङ्क भएको छ । लिभरपुल छैठौं स्थानमा उक्लिएको छ भने शीर्ष चारको सम्भावना पनि कायमै राखेको छ । तेह्रौं स्थानमा रहेको वुल्भ्सको २९ खेलमा ३५ अङ्क छ ।