सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतलगायत अन्य जिल्लामा पनि प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले खुसियाली जुलुस निकालेको छ। जुलुसमा सहभागी नेता कार्यकर्ताले संविधानको सर्वोच्चता कायम भएको भन्दै संविधान माथिको प्रहार असफल भएको उनीहरुको भनाइ छ। उनीहरुले यो जित नेपाली जनताको भएको भन्दै मंगलबार साँझ दीप प्रज्वलन पनि गरेका थिए। पत्रकारको चियापानप्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको विरोधमा देशमै पहिलो पटक सडकमा देखिएका कर्णालीका पत्रकारले