आयोग विघटनविरुद्ध युवा संघको नेतृत्वमा भोलि सुकुम्बासी आन्दोलन हुँदै

काठमाडौं। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार प्रदर्शन गर्ने भएको छ। सरकारले मंगलबार गरेको आयोग विघटन गर्ने निर्णयविरुद्ध युवा संघको नेतृत्वमा मनोहरा बस्तीबाट सुकुम्बासीहरूले बिहीबार३बजे प्रदर्शन गर्ने भएका हुन्। युवा संघका इञ्चार्ज महेश बस्नेतले बिहीबार मनोहरा बस्तीबाट सुकुम्बासीहरूको जुलुस निस्किने जनाए। फेसबुकमार्फत् उनले सुकुम्बासी आन्दोलनमा ऐक्यवद्धता जनाउन अनुरोध पनि गरेका छन्।

सम्बन्धित सामग्री

माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागेपछि प्रचण्ड आत्तिए : महेश बस्नेत

२२ साउन, काठमाडौं । नेकपा एमालेका नेता बहेश बस्नेतले चितवन माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागिएका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्तिएर सुकुम्बासी आयोग खारेज गर्न लगाएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न लागिएपछि […]

भाइरल तस्वीरमा देखिएका युवा को हुन् ?

२१ साउन, काठमाडौं । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको जुलुसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले […]

भूमि आयोग खारेजीकाे विराेधमा युवा संघकाे प्रदर्शन (फाेटाे फिचर)

काठमाडौं : सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा प्रमुख प्रतिपक्षी एमालेको युवा संघले विरोध प्रदर्शन गरेको छ।काठमाडौं र भक्तपुरको सीमा क्षेत्र मनोहरा सुकुम्बासी बस्तीबाट युवा संघले विरोध जुलुससहित प्रदर्शन गरेको हो। केपी शर्मा ओली नेतृत्वले गठन गरेको आयोग शेरबहादुर देउवा नेतृत्वले खारेज गरेको छ।

भूमि आयोग खारेजीको विरुद्ध युवा संघको प्रदर्शन

काठमाडौँ - भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न गठन गरिएको भूमि आयोग खारेज गरिएको भन्दै राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ । युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थीत सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो ब्यानर र प्लेकार्डसहित…

भूमिसम्बधी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन

२१ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन भएको छ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित […]

भूमि आयोग खारेजीविरुद्ध सुकुम्बासी बस्तीबाट युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । भूमि आयोग खारेज गर्ने देउवा सरकारको निर्णयविरुद्ध राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताले कालो ब्यान र प्लेकार्डसहित मनोहराको सुकुम्बासी बस्तीबाट जुलुस निकालेका छन् । केपी ओली नेतृत्वको सरकारले १२ लाख करिब १२ लाख भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको तयारी गरिरहेकोमा अहिलेको सरकारले आयोग नै खारेज गरेर जनघाती काम गरेको […]

भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन*

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । देउवा नेतृत्वको सरकारले लाखौँ भूमिहीन, सुकुम्बासीलगायतका नागरिकलाई लालपुर्जा दिनुपर्ने अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएकाले सरकारविरुद्ध दवा

भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुँदै

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । देउवा नेतृत्वको सरकारले लाखौँ भूमिहीन, सुकुम्बासीलगायतका नागरिकलाई लालपुर्जा दिनुपर्ने अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएकाले सरकारविरुद्

आयोग विघटनविरूद्ध युवा संघको नेतृत्वमा बिहीबार मनोहराबाट सुकुम्बासी आन्दोलन

युवा संघको नेतृत्वमा मनोहरा बस्तीबाट सुकुम्बासीहरूले बिहीबार प्रदर्शन गर्ने भएका हुन्। कांग्रेस नेतृत्वको सरकारले मंगलबार आयोग विघटन गर्ने निर्णय गरेको थियो।