श्रम गन्तव्य देशमा उडान बन्द हुँदा समस्यामा पर्ने श्रमिक बढ्दै

काठमाण्डौ – कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको एक महिना बित्दा गन्तव्य देशमा समस्यामा पर्ने श्रमिकहरूको सङ्ख्या पनि बढ्दै गएको छ । सुरुवाती दिनमा समस्यामा पर्नेहरूको सङ्ख्या न्यून रहे पनि उडान बन्द भएको समय लम्बिँदै जाँदै घर नफर्की नहुने नेपाली श्रमिकको सङ्ख्या पनि गन्तव्य देशमा बढ्दै गएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जनाकारी दिनुभयो ।  अन्तर्राष्ट्रिय उडान बन्द हुँदा निर्धारित समयमा स्वदेश फर्किन नपाएका झण्डै सय जनाले श्रम कल सेन्टरमार्फत आफ्नो समस्या राखेका छन् । धेरै...

सम्बन्धित सामग्री

साउदी पुरानै लयमा, सबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

दोहा-नेपालीहरूको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरब कोरोना संक्रमण कम हुँदै गएपछि पुरानै लयमा फर्किएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि देशका सबै विमानस्थलहरू पूर्ण क्षमतामा उडान सञ्चालन भएको जनाएको छ । जहाँ यात्रुहरूको कोरोना खोप (भ्याक्सिन)को रेकर्ड एउटा एपमार्फत जाँच गरिनेछ । साथै कोरोना संक्रमण अवधिमा रद्द भएका उडान र रद्द भएका टिकटहरूका लागि […]

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कहाँ कहिले हुँदैछ उडान (सूचीसहित)

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुन ३० सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नेपालमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै रोकिएको अन्तर्राष्ट्रिय उडान सरकारले विभिन्न श्रम गन्तव्य देशमा खुलाउने निर्णय गरेसँगै मन्त्रालयले उडान तालिका सार्वजनिक गरेको हो । कहाँबाट कहिले हुन्छ उडानमन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार भोलि बिहीबार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्नेछ ।२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जाने तालिका छ भने एयर इन्...

यी देशमा खुल्यो हवाई उडान

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। ९ वटा देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो। टर्की, यूएई, कुवेत, ओमान, साउदी अरेबिया, मलेसिया, कोरिया, जापान र चीनसँगको हवाई उडानलाई खोल्ने निर्णय गरेको हो। यी देशहरु नेपालका प्रमुख श्रम गन्तव्य मुलुक हुन्। श्रम स्वीकृति लिएर बसेका धेरै नेपालीहरु हवाई उडान बन्द हुँदा रोकिएपछि सरकारले खोल्ने निर्णय गरेको हो।

प्रमुख श्रम गन्तव्य राष्ट्रमा हवाई उडान सुरु

काठमाडौं। सरकारले प्रमुख श्रम गन्तव्य राष्ट्रको हवाई उडान खोल्ने निर्णय गरेसँगै श्रम स्वीकृति लिएर बसेका कामदार वैदेशिक रोजगारीमा जान पाउने बाटो खुलेको छ। काठमाडौं–दोहा रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई उडान गरी चार उडानका लागि सरकारले स्वीकृति दिएको हो। हाल नेपालका ६० हजारभन्दा बढी कामदार अन्तिम श्रम स्वीकृति लिएर बसेका छन्।

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

काठमान्डाैं / श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी... The post श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी appeared first on Purbeli News.

उडान बन्द हुँदा वैदेशिक रोजगार प्रभावित

नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द र मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेशमा लगाएको रोकले रोजगारी प्रभावित भएको हो । उडान बन्दका कारण श्रम स्वीकृति लिएर विदेश जाने तयारीमा रहेकाहरू स्वदेशमै रोकिएका छन् भने

ओमानले सबै अन्तर्राष्ट्रिय उडान एक हप्ताका लागि रोक्यो

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य ओमानले पनि एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै आज मंगलबारदेखि आउँदो मंगलबार अर्थात पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । एक हप्तापछि भाइरस सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय लिने त्यहाँको सर्वोच्च कमिटीले...

श्रम गन्तव्य मुलुकका दूतावासहरुको प्रस्ताव–व्यवसायिक उडान नै खालौं

२३ जेठ, काठमाडौं । प्रमुख श्रम गन्तव्य मुलुकका नेपाली दूतावासहरूले व्यावसायिक उडान खोल्न सरकारसँग प्रस्ताव गरेका छन् । ‘उद्धार’ फ्लाइट भन्ने तर टिकटको मूल्य कामदार आफैँले तिर्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले व्यावसायिक फ्लाइट सञ्चालन गरेर …