विराटनगरमा ल्होसारको रौनक (तस्वीरसहित)

विराटनगर : तामाङ समुदायले सोनाम ल्होसार पर्व विराटनगरमा धुमधामका साथ मनाएका छन्। समारोह आयोजना गरी शनिवार तामाङ घेदुङ संघ विराटनगरले  ल्होसार  मनाएका हुन्।तामाङ समुदायको कला संस्कृति झल्कने वेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए।बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी थिए। तामाङसहित अन्य समुदाय व्यक्तिहरू पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे।