मन्त्रालयको भागबण्डा मिलेपछि मन्त्री छान्न जुट्यो जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ । पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुंगो लागेपछि जसपा संसदीय दलको बैठक बसेको हो । आजको संसदीय दलको बैठकबाट मन्त्रीको नाम चयन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ । सो पार्टीका प्रतिनिधिसभा सदस्य प्रमोद साहका अनुसार बैठक भर्खर सुरु भएको छ ।  सरकारमा मन्त्री पठाउने लगायतका विषयमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नपठाउने अडानमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव

सम्बन्धित सामग्री

मन्त्री छान्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, असोज २० । जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ ।मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जसपाले कार्यकारिणी समिति बैठक बोलाएको हो। दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे बस्नेगरि बैठक बोलाएपनि बैठक अझै सुरु हुन सकेको छैन् । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो […]

मन्त्रालयको भागबण्डा मिल्यो

सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६-६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । राजधान...