काठमाडौँ। केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ। योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन्।
केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डिएचआई भ्याकूम क्लिनर, मिक्चर, राइस कुकर लगायत एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ।