राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो । निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने  सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावली

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया सुरु

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया सुरु गरेको छ । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न आह्वान गरेको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयुक्तहरूको बैठकले राष्ट्रियसभाका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।