१७ लाख ८२ हजारको लक्ष्य, एक लाख ६५ हजारले लगाए कोरोना खोप

काठमाडौं । नेपालमा हालसम्म एक लाख ६५ हजार ४२८ जनाले खोप लगाएका छन् । सोमबार स्वास्थय तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा हिजो फागुन २३ गतेसम्म सो संख्यामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा १७ लाख ८२ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यसमध्ये हिजो (फागुन २३ सम्म) उक्त संख्यामा खोप लगाइएको हो । आज (सोमबार) को विवरण आउन बाँकी छ। जसमध्ये प्रदेश १ मा २१ हजार १६८, प्रदेश २ मा २० हजार ७५९, वागमती प्रदेशमा १० हजार ४०८, गण्डकी प्रदेशमा ३१ हजार १८९, लुम्बिनीमा ४२ हजार २४८, कर्णालीमा १० हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ६९ जनाले खोप लगाएका छन्। गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हिजोदेखि दोस्रो चरणको खोप सुरु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर ६५ वर्षमाथिका नागरिकका लागि खोप कार्यक्रमको सुरुवात गरिएको हो ।

सम्बन्धित सामग्री

कुन–कुन देशमा सुरु भए कोरोना खोप कार्यक्रम ?

१० पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिलेसम्म विश्वभर सात करोड ८० लाखभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्तिमबाट सुरु भएको यो महामारीको कारण अहिलेसम्म १७ लाख ३० हजारभन्दा …

सन् २०२० ट्रम्पले धम्क्याए कोरोनाले तर्सायो

सन् २०२० विश्वकै लागि कोरोना कहर वर्ष बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले अकल्पनीय जनधनको क्षति भयो । यस शताब्दीकै विनासकारी यो महामारीमा करिब १७ लाख मानिसको मृत्यु भयो भने सात करोडभन्दा बढी सङ्क्रमित बने । आर्थिक गतिविधि ठप्प हुँदा करोडौँ मानिसको रोजगारी खोसियो । गरिबी बढ्यो । विश्व अर्थतन्त्र खुम्चियो । पर्यटन र हवाई क्षेत्र तहसनहस भयो । अथक प्रयाससँगै वर्षको अन्त्यमा कोरोना खोप बन्यो र लगाउन सुरु गरेपछि विश्वमै आशा सञ्चार भएको छ । तर कोरोना महामारी रोकिएको छैन । कोरानाबाट मर्ने र सङ्क्रमित हुने क्रम जारी छ । तेस्रो विश्वका गरिब देशमा कोरोना खोप पुग्न बाँकी छ ।