लमजुङमा विद्युतको तीन करोड बक्यौता

लमजुङ । लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार पश्चिम विद्युत उपभोक्ता समितिले २०७२ सालसम्म २८ लाख बक्यौता तिर्न बाँकी थियो […]

सम्बन्धित सामग्री

१२ महीनामा राधी विद्युतको वित्तीय आम्दानी करीब ८ करोड

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म राधी विद्युत कम्पनी लिमिटेडले ७ करोड ७१ लाख रुपैयाँभन्दा बढी वित्तीय आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको वित्तीय आम्दानी उल्लेख्य मात्रामा बढेको हो ।अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३४ लाख रुपैयाँभन्दा बढी मात्र वित्तीय आम्दानी गरेको थियो । वित्तीय आम्दानी उल्लेख्य मात्रामा बढाएको कम्पनीको खुद नाफा अघिल्लो वर्षभन्दा १२१ दशमलव ३३ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ११ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । कम्पनीको विद्युत विक्री आम्दानी भने अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत कम १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी भएको छ । वित्तीय खर्च भने अघिल्लो वर्षभन्दा करीब ३३ प्रतिशत कम अर्थात् १ करोड ४२ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ५९ लाख ७९ हजार रुपैयाँ छ । अदर इक्वीटी अघिल्लो वर्षभन्दा करीब १५८ प्रतिशत बढी अर्थात् ३४ करोड ४३ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । दीर्घकालीन कर्जा ९ करोड ७३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ५ करोड ७ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक ६ रुपैयाँ ७३ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ५४ पैसा छ ।

१४७.५२% हकप्रद जारी गर्ने तयारी गरेको राधी विद्युतको नाफा करीब २५% घट्यो

वैशाख ३०, काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ७८ प्रतिशत कम खुद नाफा गरेको छ ।  गत वर्ष रू. ६ करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ७१ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।  यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी करीब ५ प्रतिशत कम भएकाले पनि खुद नाफामा कमी आएको हो । गत वर्ष रू. ११ करोड ४७ लाखभन्दा बढी विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. १० करोड ९३ लाखभन्दा बढी मात्र विद्युत् विक्री गरेको हो । यस वर्ष कम्पनीको सञ्चालनबाट नाफा गत वर्षभन्दा १७ दशमलव २१ प्रतिशत कम रू. ६ करोड ६५ लाख भएको छ । यस वर्ष ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम ५२ दशमलव १२ प्रतिशत घटेर रू. ११ करोड ७५ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति पाएको हो । यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको कम्पनीले शेयरधनीहरुका लागि हकप्रद शेयर समेत जारी गर्न लागेको हो ।   कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव १९ छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अुनपात ५५ दशमलव ८१ गुणा छ ।                                                    स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

गर्मी बढेसँगै भारतमा विद्युतको माग उच्च

काठमाडौं– भारतमा गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । केही दशक यताकै सबैभन्दा तातो गर्मीको सामना गरिरहेको भारतमा उर्जाको माग १३ दशमलब २ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब ४० करोड किलोवाट प्रतिघण्टा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । अप्रिल महिनामा राजधानी दिल्लीमा मात्रै विद्युतको माग ४२ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ […]

लमजुङमा विद्युतको ३ करोड बक्यौता असुल्न बाँकी

लमजुङ – लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ । जिल्लामा उपभोक्ता समितिले बिजुली वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध […]

विद्युतको उच्चतम मागमा बन्यो नयाँ रेकर्ड, खपत भएको ऊर्जा पनि ३ करोड युनिट नजिक

पुस ८, काठमाडौं। नेपालमा जलविद्युतको उच्चतम मागमा नयाँ रेकर्ड बनेको छ। बुधवार नेपालमा अधिकतम विद्युत् माग १ हजार ६६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। यसअघि विद्युतको उच्चतम माग एक पटक मात्रै १ हजार ६०० मेगावाट नाघेकोमा अहिले भने लगातार दुई दिनदेखि उच्चतम माग १ हजार ६०० मेगावाटभन्दा माथि रहेको छ। यसअघि तीन महीनाअघि विद्युतको उच्चतम माग १ हजार ६१० मेगावाट र खपत भएको ऊर्जा ३ करोड २५ लाख युनिट पुगेको थियो। अहिले खपत भएको ऊर्जाको परिमाणमा करीब ३ करोड युनिट रहेको प्राधिकरणको तथ्याङ्क छ। बुधवार देशभर २ करोड ९० लाख ३८ हजार  युनिट ऊर्जा खपत भएको तथ्याङ्क छ। एक हप्ता अघिसम्म दैनिक २ करोड ७० लाख युनिट हाराहारी मात्रै ऊर्जा  खपत भइरहेकोमा पछिल्लो केहि दिन यता दैनिक २० लाख युनिट भन्दा धेरै खपत बृद्धि भएको छ। पुस महीनाको शुरुवातसँगै चिसो बढेको र प्राधिकरणले नयाँ औद्योगिक लाइनमा विद्युत् आपूर्ति शुरु गरेपछि खपत वृद्धि भएको हो। नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट ८९ लाख ८ हजार युनिट ऊर्जा आपूर्ति हुँदा प्राधिकरणका सहायक कम्पनीहरुबाट ४७ लाख ४५ हजार युनिट, निजी क्षेत्रबाट ९७ लाख ९९ हजार युनिट र भारतबाट ५५ लाख २६ हजार युनिट विद्युत् ऊर्जा आपूर्ति भएको छ।

साढे ३ करोड लगानीमा सौर्य उर्जा जडान गर्दै गुठिचौर

राष्ट्रिय प्रसारण लाइन पुगेपनि जुम्लाका अधिकांश गाउँबस्ती अन्धकार छन् । कर्णालीका करिब ६७ प्रतिशत नागरिक अझै विद्युतको पहुँचमा पुग्न सकेका छैनन् । दुर्गम गाउँ अहिले पनि टुकिकै भरमा रात बिताउन बाध्य छन् । यद्दपी स्थानीय सरकार आएपछि जुम्लाका केही बस्तीहरुमा सौर्य उर्जा, वायु उर्जा, साना लघु जलविद्युत आयोजना निर्माण भने भएका छन् ।जसअन्र्तगत जुम्लाको गुठिचौर […]

विद्युतको महशुल समायोजन

विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई ६ अर्ब प्रतिफल दिने गरी विद्युत महशुल समायोजन गरेको छ ।प्राधिकरणको कुल स्थिर सम्पत्तिको औसत लागत मूल्यको ३० प्रतिशतलाई स्वपुँजीको रुपमा मानेर यसको ८.२८३ प्रतिशत अर्थात ५ अर्ब ९२ करोड ७० लाख प्रतिफल हुने गरी प्राधिकरण महशुल प्रस्ताव पारित गरेको आयोगले जनाएको छ । विद्युत प्राधिकरणले गत वर्षभन्दा २६ […]

झन्डै ५० अङ्कले घट्यो नेप्से, राधी विद्युतको ५० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार झन्डै ५० अङ्कले घटेको छ । माइक्रो–फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय २८ विन्दुमा झरेको हो । आज बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् समूहको शेयर ७६ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको शेयर झन्डै ८८ अङ्कले, जीवन बीमा समूहको एक सय ६६, निर्जीवन बीमाको दुई सय ५१ अङ्कले, उत्पादन समूहको ३५ अङ्कले, अन्यको ५१ र लगानी समूहको शेयर एक सय आठ अङ्कल...

तथ्य लुकाएर विद्युत प्राधिकरण हामीमाथि भ्रम फैलाइरहेको छ : उद्योगी शारडा

२४ चैत, काठमाडौं । आइतबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले लोडसेडिङका बेला विशेष सुविधा अन्तर्गत उद्योगहरूले उपभोग गरेको विद्युतको महसुल एक महिनाभित्रै ब्याजसहित उठाउन सरकारलाई निर्देशन दियो । डेडिकेटेड र ट्रंकलाइन महसुलबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन सार्वजनिक गर्दै समितिले १० अर्ब १४ करोड ८ हजार रुपैयाँ महसुल र त्यसको ब्याजबापतको रकम एक महिनाभित्र उठाउन सरकारलाई […]