दर्शक बढेपछि लम्बियो ‘मीतज्यू’ मञ्चन

दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मीतज्यू’ मञ्चन दिन थप गरिएको छ । थापागाउँमा रहेको मण्डला थियटरमा गत ८ देखि १३ गतेसम्म अर्थात ६ दिनका लागि भनेर मञ्चन सुरु भएको नाटक दर्शक बढेका कारण फेरि ६ दिन थप गरेर शनिबार (१९ गते)सम्म पुर्याइएको हो ।‘हामीले ६ दिनका लागि भनेर मञ्चन थालेका थियौ । दर्शकको चाप र डिमान्डका कारण केही दिन थप गरेका छौ’ कलाकार विजय बरालले भने ‘हामीले सोचेभन्दा धेरै दर्शक नाटकले पाइरहेको छ ।’ नाटकमा दिन प्रतिदिन दर्शकको चाप बढ्दो रहेको समेत बरालले स