काबुलमा उद्धारका लागि पठाइएको युक्रेनको विमान अपहरण, लगियो इरान

अफगानिस्तानको काबुलबाट मानिसहरूलाई उद्धार गर्नका लागि युक्रेनले पठाएको विमान अज्ञात समूहले अपहरण गरेर इरान लगेको युक्रेनका परराष्ट्र राज्यमन्त्रीले जानकारी दिएका छन् ।  येभ्गेनी येनिनका अनुसार, मंगलवार विमान युक्रेनीहरूबाट खोसेर इरान लगिएको थियो । त्यस विमानमा युक्रेनीहरूलाई नराखी पहिचान नखुलेका अन्य यात्रुहरूको समूहलाई राखेर उडाइएको थियो ।  त्यसपछि पनि युक्रेनले उद्धारका लागि तीनपटक गरेको प्रयास सफल हुन नसकेको येनिनले बताए । विमानमा युक्रेनीहरू बस्न नसकेको उनको भनाइ छ ।  गत आइतवार पनि विमान ...