बुद्धि धेरै खेलाए प्रचण्ड भईन्छः ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रति कटाक्ष गर्दै धेरै बुद्धि खेलाए मान्छे प्रचण्ड बन्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपाललाई पनि कटु व्यंग्य गरे। ‘फुटेको एउटा टुक्रो एकीकृत पार्टी रे,’ ओलीले भने, ‘पदाधिकारी पनि भर्न मान्छे नभएर खाली छोडेका छन्।’