लेखनाथ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक दलहरूले विभिन्न समयमा मुलुकमा परिवर्तन ल्याए पनि जनमुखी शासकीय क्षमता प्रर्दशन गर्न नसक्दा जनतामा असन्तुष्टि उत्पन्न भई विद्रोह सुरु भएको बताए। सार्वजनिक […]
काठमाडौँ — काठमाडौंको चम्पादेवी डाँडा पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासी बिरामी परेका छन् । घुमफिर र हाइकिङका लागि चम्पादेवी पुगेका राजदूत श्रीवास्तव एक्कासी बिरामी भएका हुन् । बिरामी परेपछि अचेत भएका उनलाई हेलिकोप्टरमा राखेर उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
काँक्रेविहार– मङ्सिर नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन् । आज यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताए । संयोजक दाहालले १४ […]
काठमाडौँ। सुदूरपश्चिम रोयल्समाथि रवाफिलो जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीए) को उपाधि उचालेको छ। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा शनिबार भएको फाइनलमा लुम्बिनीले ६ विकेटको जित हात पारेको हो। सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। साथै प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत विजेता टिमलाई शुभकामनासमेत दिएकी […]