सुर्खेत । वीरेन्द्रनगरस्थित नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ शाखामा आइतबार बिहान करिब ३ बजे आगलागी भएको छ । शुक्रबार मात्रै भव्य रूपमा उद्घाटन गरिएको नयाँ शाखामा भएको आगलागीलाई चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् । प्रहरीका अनुसार, करिब ३ बजेतिर नगरपालिका दमकलका चालकले […]
संसारको दोस्रो ठूलो आर्थिक शक्ति चीनले निर्माण गर्ने चासो राखेको नेपाली जलविद्युत् आयोजना हो– ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना। यो आयोजना कसले पाउने भनेर लामो समय देशका दुई छिमेकी चीन र भारतबीच अघोषित खिचातानी चल्यो। दुवैले आयोजना बनाउन बारम्बार चासो देखाए। तर, दुवै असफल भए। पश्चिम सेतीको कथा सन् १९९० को दशकमा सुरु भएको […]
सुदूरपश्चिम। कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी धनगढीमा आयोजित दुईदिने कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी जनजाति एवम् सीमान्तकृत समुदायले खेलेकाले प्राप्त हुने लाभांश पनि आदिवासी र सीमान्तकृतलाई न्यायोचित ढङ्गले बाँडफाँट गर्नुपर्ने बताए। डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल, […]