नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि संसद्मा संशोधन प्रस्ताव पेस गर्ने भएको छ। अस्थिर राजनीतिले देश विकास हुन नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव पेस गर्न लागिएको जानाकारी पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएका हुन्।