नेकपा एसका नेताहरूको चिन्ता : ‘विद्रोह’ गरेर दोबाटोमै आइने पो हो कि!

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का नेताहरूले एमालेबाट विद्रोह गरेर दोबाटोमा आइने पो हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सुदूरपश्चिम प्रदेश समूहको सुझाव पेश गर्दै नेता शेरबहादुर कुँवरले गठबन्धन केन्द्रमा मात्रै भएर नहुने बताएका हुन्। उनले भने, ‘हामीले ‘विद्रोह’ गरेर दोबाटोमा आइने हो कि भन्ने भएको छ। गठबन्धनमा सामेल भएपछि जनता र पार्टीको माग सम्बोधन हुनुपर्‍यो। तल्लो तहबाट आएका सुझावहरूलाई पार्टीले सम्बोधन