हेर्नुहोस् आजका मुख्य १३ खबरहरु

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पाटीसँग एकता नगर्ने बताएका छन्। ह्वीप उल्लंघनको आरोपमा कार्बाहीमा परेका १४ एमाले सांसदहरुले अर्कै दल दर्ता गरेकाले सांसद पद नजाने संसदसचिवालयले स्पष्ट पारेको छ। निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्ने समयसीमा दिएको छ। सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च बिन्दुमा पुगेको छ।