महाव्याधिमा मध्यावधिको रंगीन सपना महंगो : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधिका बेला मध्यावधि चुनाव गराउने रंगिन सपना महंगो पर्ने उल्लेख गरेका छन्‌। शुक्रबार मध्यराति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेपछि साविक प्रतिपक्षी दलका प्रवक्ताले यस्तो प्रतिक्रिया दिएका हुन्। बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी! महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ, संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महं