नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनमा होमिएपछि आफू थप शक्तिशाली भएको महशुस गरेको दाबी गरेका छन् ।
जनताको अधिकार रक्षाका लागि जीवनभर नै लडिरहने पनि उनले बताए । ५६ औं अन्तर्राष्ट्रिय रंगभेद विरुद्धको दिवसका अवसरमा नेपाल दलित मुक्ति मोर्चाले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सडकमा जाँदा शक्तिशाली जस्तो महशुस भएको बताएका हुन् ।
‘मैले फेरि पनि धन्यवाद भनेको छु केपीजीलाई किन...