एकै महिना पौने ७० करोडको स्याउ आयात

काठमाडौं नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पान हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार मिडियामा आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन । तर, विदेशबाट भने दैनिक […]

सम्बन्धित सामग्री

साउनमा मात्रै ६९ करोडको स्याउ आयात

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँ बराबरको स्याउ भित्रिएको छ । साउनमा ९२ लाख १० हजार ८९९ किलो स्याउ भित्रिएको भन्सार विभागले जनाएकाे छ । चीन, भारतलगायत विभिन्न मुलुकबाट नेपालमा बर्सेनि ७ अर्ब बराबरको स्याउ भित्रिने गरेको छ । गत आर्थिक वर्ष ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँकाे स्याउ आयात गरिएकाे विभागले जनाएको छ ।