साइबर ब्युरोको लोगो राखेर नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको साइबर ब्युरोको लोगो प्रयोग गरी नक्कली फेसबुक पेज बनाएर जथाभाबी गर्ने एक जना पक्राउ परेका छन् । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर नागरिकलाई भ्रममा पार्ने र आपराधिक लाभसमेत लिन खोजेको आरोपमा कपिलवस्तुको वाणगङ्गा घर भइ रुपन्देहीको सैनामैना नगरपालिका बस्ने प्रत्ज्वल पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाेख्रेललाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइने साइबर ब्युरोले जनाएको छ ।  

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।