‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताले फागुन १२ देखि २ महिनासम्म एयरलाइन्सको टिकट आइएमई पे एपमार्फत खरिद गर्दा लक्की ड्रबाट नेपालका विभिन्न गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनेछन् ।निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरू रहेका छन् । आइएमई पे मोबाइल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउछन्