भदौमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन

खोटाङ, ५ साउन । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटिको सह–संयोजक टिकाराम चेम्जोङ […]

सम्बन्धित सामग्री

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको लुम्बिनी अध्यक्षमा सिंजापती

२७ फागुन, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अम्मरसिंह सिंजापती चयन भएका छन् । गुल्मीको तम्घासमा शनिबार र आइतबार दुई दिनसम्म चलेको दोस्रो प्रदेश अधिवेशनले सिंजापतीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा उमाशंकर चौधरी र बिना रानामगर सचिव प्रेम पुन मगर कोषाध्यक्ष देवराज श्रेष्ठ, उपसचिव लालबहादुर थापा, […]

सातै प्रदेशमा नयाँ सरकार गठन हुन्छ : बादल

२६ फागुन, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सातै प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको गुल्मीमा उद्घाटन गर्दै उनले सबै प्रदेशमा एमाले–माओवादी गठबन्धनको सरकार बन्ने बताएका हुन् । अहिले आर्थिक र राजनीतिक संकटको समयमा नयाँ गठबन्धन बनेकाले विकासको अभियान अगाडि बढाएर […]

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनीको अधिवेशन सुरु

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गुल्मीमा सुरु भएको छ। अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेका हुन्। अधिवेशन आइतबारसम्म चल्नेछ। बाल मन्दिरमा उद्घाटन गरिएको अधिवेशनकोको...

४ मंसिरको महाफैसला सही हुनुपर्छ : ओली

४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा जनताले गर्ने महाफैसला सही हुनुपर्ने बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारलाई अदालतले हटाएको बताए । ‘अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ,’ उनले […]

चोलेन्द्रविरुद्ध राज्य संयन्त्रको दुरुपयोग भयो : नेता ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग भएको बताएका छन् । सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर कामकाज गराउन रोक लगाउनुका साथै लगाएको महाभियोग पनि ६ महिनासम्म छलफल नगरिएको भन्दै असन्तुष्टि जनाए । ‘६ महिनासम्म महाभियोगबारे छलफल नगर्ने अनि अव संसदको आयु सकिन लाग्यो भनेपछि नाटक गर्ने र ६ जनाको जबरजस्त बहुमत बनाएर का

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भोजपुरमा नयाँ नेतृत्व

भोजपुर । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भोजपुरमा नेतृत्व चयन भएको छ । सदरमुकाममा भएको महासंघको प्रथम अधिवेशनले लालबहादुर प्रधान (एलबी) को नेतृत्वमा ३५ सदस्यीय कमिटी बनाएको हो । महासंघको उपाध्यक्षमा हेमराज राई, सचिवमा अर्जुन तामाङ, सहसचिवमा रेनुका भुजेल र कोषाध्यक्षमा फुदोर्ची शेर्पा चयन भएका छन् । नयाँ नेतृत्वलाई महासंघका वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री एवं […]

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन भदौमा

खोटाङ– एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सह-संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज […]

काँग्रेसले नयाँ भ्रातृ संगठनलाई दियो मान्यता

नेपाली काँग्रेसले तीनवटा नयाँ भ्रातृ संगठनलाई पार्टीको मान्यता दिएको छ । काँग्रेस केन्द्रीय समिति बैठकले उक्त मान्यता दिएको हो । जसमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल खेलकुद संघ रहेका छन् ।त्यस्तै यसअघि पार्टीको भ्रातृ संगठनको मान्यता पाएका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ, लोकतान्त्रिक नेवा खल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अवद्ध संघका रुपमा रहने निर्णय पनि काँग्रेसले गरेको छ ।

एमाले नेताहरु दुर्घटनामा घाइते

काठमाडौँ – एमाले नेताहरु दुर्घटनामा परेर घाइते भएका छन्। एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ को बिस्तारित बैठकमा भाग लिन जाने क्रममा नेताहरु सिन्धुलीको भिमानमा दुर्घटनामा परेका हुन्। दुर्घटजनामा पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई छन्। खतरामुक्त रहेका उनीहरुलाई प्राथामिक उपचारपछि काठमाडौँ ल्याउने काम भइरहेको छ।