पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित

कास्की – पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई 'हब' बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो । बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि काठमाण्डाै, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान सुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि विश्राम पोखरामा भएको छ । यी जहाज बिहानै काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जका लागि ...