नेपालमा कागतीसँगै फलाउन सकिने एभोकाडो युगान्डाबाट आयात, हवाई जहाजबाट ल्याएर विक्री

फागुन ५, काठमाडौँ । फलफूलको राजा भनेर चिनिने एभोकाडो नेपालमै उत्पादन गर्न सकिन्छ । नेपालमा उत्पादन गर्न सके भारत, चीन लगायतका देशमा ठूलो बजार पनि छ । तर नेपालीको जाँगर नचल्दा अहिले अफ्रिकी मुलुक युगान्डाबाट करोडौ रुपैयाँको एभोकाडो आयात भइरहेको देखिन्छ । नेपालका मध्य पहाडी जिल्लामा एभोकाडो उत्पादन हुने भएपनि थोरै नेपालीले मात्रै व्यवसाय गरेकोले त्यसले १/२ महीनाको माग पनि धान्न नसक्ने फलफूल व्यवसायीहरुको भनाई छ । आयातित एभोकाडो ३०० देखि ६ हजार रुपैयाँ किलो सम्म ! नेपाली उत्पादन बजारमा आउँदा ३०० देखि ४०० रुपैयाँ सम्म मात्रै पर्ने एभोकाडोको बजार मूल्य अहिले प्रतिकिलो ५०० रुपैयाँ भन्दा बढी पुगेको नेपाल फलफूल होलसेलर एसोसिएसनका अध्यक्ष अमर बानियाँले अभियानलाई बताए । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ८७ लाख ८५ हजार रुपैयाँ बराबरको २९ हजार ४३० किलो एभोकाडो आयात भएको भन्सार विभागको तथ्याक छ ।  भन्सार विभागका अनुसार पछिल्लो छ महिनामा युगाण्डाबाट ७५ लाख १४ हजार रुपैयाँ बरावरको २९ हजार २१० किलो र मेक्सिकोबाट १२ लाख ७१ हजार रुपैयाँ बरावरको २२० किलो एभोकाडो आयात भएको छ ।   युगान्डाबाट आयात भएको एभोकाडो प्रतिकिलो २५० रुपैयाँ परेकोमा मेक्सीकोबाट आयात भएको एभोकाडो भने प्रतिकिलो झण्डै ६ हजार रुपैयाँ (५ हजार ७७७ रुपैयाँ) मा आयात भएको भन्सार विभागको तथ्याङ्क छ । गत वर्ष सम्म सीमित एभोकाडो आयात भएको नेपालमा चालू आर्थिक वर्षमा उच्च परिमाणमा एभोकाडो आयात भएको देखिन्छ । नेपाली एभोकाडो मिठो पनि, सस्तो पनि आयातित एभोकाडो महँगो मात्रै नभएर स्वाद पनि नमिठो हुने गरेको फलफूल व्यवसायीहरुको अनुभव छ । नेपाली बजारमा अहिले एभोकाडोको माग एकदमै धेरै रहेको पनि बानियाँले बताए । उनका अनुसार नेपालमै उत्पादन भएको एभोकाडोले याहाँको बजार माग धान्न सकिदैन ।  'नेपालमा एभोकाडोको बजार यति राम्रो भयो की ग्राहकले होलसेलमै प्रतिकिलो ३५० देखी ४०० रुपैयाँसम्म हालेर लिए ।’ उनले भने, ‘होलसेलमै त्यतिमा विक्रि हुनु भनेको खुद्रा बजारमा यसको माग झन धेरै छ भन्ने हो ।‘ युगान्डको भन्दा नेपाली एभोगाडोको स्वाद मिठो हुने उनले बताए । पानी जहाज नआउँदा हवाइ जहाजबाट आयात अहिले युगान्डाबाट कतार एयरलाईन्स मार्फत एभोकाडो नेपाल ल्याउने गरिएको अध्यक्ष बानियाँले बताए ।  ‘चर्को हवाई भाडाले गर्दा मूल्य बढी भएको हो’ उनले भने, ‘यूगान्डाबाट पानीजहाज आउने व्यवस्था भएको भए त्यही एभोकाडो प्रतिकिलो २०० रुपैयाँमा उपभोक्ता सम्म पुग्न सक्थ्यो ।’ बाहिरी मुलुकबाट चर्को भाडमा आयात गर्नु भन्दा नेपालमै एभोकाडो खेतीलाई व्यवस्थीत तरिकाले गर्न सके  नेपालमा एभोकाडो खेतीले राम्रो बजार लिने उनले बताए ।  उनले भने अहिले बजारले ताजा एभोकाडोको माग धान्न सकेको छैन । बाहिरी मुलुकबाट आयात गरेकाले केही हद सम्म उपभोक्ताको माग पुरा भएको छ ।  कागतीसँगै उत्पादन, निर्यातको राम्रो सम्भावना पहिले एभोकाडो वारे नेपाली उपभोक्ता खासै जानकार थिएनन् । यसको फाईदाका वारेमा पनि मानिसहरु अनविज्ञ थिए।  अहिले मानिसहरु स्वास्थ प्रति सजक देखिएकाले पनि फलफूलको राजा एभोकाडो तर्फ नेपालीहरु आकर्षित भएको पूर्व कृषि सचिव योगेन्द्र कार्कीले बताए । ‘नेपालमा कागती फल्ने मध्य पहाडका सबै जिल्लामा एभोकाडो फलाउन सकिन्छ ।‘ कार्कीले अभियानलाई भने, ‘ यसमा स्वास्थ्यका लागि नभइनहुने भिटामिन सी, डी, ई लगायत तत्वहरू पनि पाइन्छ ।’ अहिले २ वर्षमै फल्ने एभोकाडो पनि आइसकेको उनले बताए । नेपालमा उत्पादन गर्न सके चीन, भारत लगायतका देशमा यसको ठूलो बजार रहेको पनि कार्कीले बताए । नेपालमा अहिले साना ठूला फलफूल पसलमा एभोकाडो बेच्न राखेको देखिन्छ । खासै स्वादीले नभएपनि यसलाई स्वास्थ्य वर्द्धक फलको रुपमा उपभोग गर्ने गरेको कार्कीले बताए । दुई किसिमको हुन्छ एभोकाडो स्थानिय बजारमा ठूला र साना गरी दुई किसिमको एभोकाडो पाईन्छ । ठूलो साईजको एभोकाडोको खुद्रा मुल्य ५५० देखि ६५० रुपैयाँ सम्म पर्ने गरेको कालिमाटी स्थित खुद्रा व्यापारी कुवेर यादबले बताए । उनका अनुसार स्वदेशी एभोकाडो ३०० देखी ४०० रुपैयाँ प्रति किलोमा विक्री हुने गरेको थियो । नेपालमा एभोकाडोको व्यवसायीक खेती गर्ने कृषकहरु पनि एकदमै थोरै मात्रामा रहेका छन् । तर उक्त खेतीका लागी चाहीने आवश्यक ज्ञान र सामग्री नभएकाले उनीहरुले सोचेअनुरुपको फइदा प्राप्त गर्न नसकेको व्यवसायीहरुको अनुभव छ । एभोकाडो सलाददेखि विभिन्न प्रकारको जाम बनाउन पनि प्रयोग गरिन्छ । यसले छाला सम्बन्धि रोग तथा मोटोपना भएका व्यतिहरुलाई लाभ पुग्ने विश्वास गरिएको छ । (प्रतिक्षा कडेल/प्रशिक्षार्थी)

सम्बन्धित सामग्री

‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’

भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत वडा ९ ताथलीमा एभोकाडो वितरण गर्ने र रोप्ने कार्यक्रमा सम्पन्न भएको छ।...

‘एभोकाडो सिटी’ अभियान सुरु

भक्तपुर, १ साउन । भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । एक घर दुई एभकाडो बिरुवा रोप्दै आगामी तीन वर्षभित्र चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु भएको हो । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको परिकल्पनालाई साकार पार्न यहाँका स्थानीयलाई एभोकाडोको बिरुवा वितरण गर्दै अभियान […]

चाँगुनारायणलाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु

काठमाडौं, १ साउन । भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । चाँगुनारायणका प्रत्येक घरपरिवारलाई एभोकाडो लगाउन प्रेरित गर्ने उद्देश्यले प्रतिघर दुईवटा एभोकाडोको विरुवा निःशुल्क वितरण गरेर अभियानको सुरुवात गरिएको हो । तीन वर्षसम्म अभियान सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीको पहिचान दिने उद्देश्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए । चाँगुनारायणबासीहरुको […]

चाँगुनारायणका हरेक घरमा एभोकाडो रोपिने

भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । यसका प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रतिघर दुईवटा बिरुवासमेत निःशुल्क प्रदान गर्ने लक्ष्यसहित अभियान सुरु भएको...

अमेरिकी अधिकारीलाई धम्कीपछि मेक्सिकोबाट अमेरिकामा एभोकाडो आयातमा रोक

अमेरिकाले मेक्सिकोबाट एभोकाडो आयातमा रोक लगाएको छ । अमेरिकी अधिकारीले धम्की पाएपछि मेक्सिकोको पश्चिमी राज्य मिचोआकानबाट अमेरिकामा एभोकाडो आयात रोकिएको छ । मिचोआकानमा निरीक्षण कार्य गरिरहेका अमेरिकी अधिकारीको मोबाइलमा धम्कीपूर्ण फोन आएको थियो । अमेरिकी कृषि पशु र बिरुवा स्वास्थ्य निरीक्षण सेवा विभागले अर्को सुचना जारी नहुँदासम्मका लागि एभोकाडो आयातमा रोक लगाइएको जनाएको छ । […]

धनकुटामा एभोकाडो महोत्सव सुरु

एभोकाडोको राजधानी धनकुटामा शनिबारबाट दोस्रो एभोकाडो महोत्सव सुरु भएको छ । एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा दुईदिने महोत्सव धनकुटा सदरमुकामको एभोकाडोस्तम्भ भएको स्थानमा सुरु भएको हो । महोत्सवमा ३० वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन किसान तथा व्यपारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिएका […]

धनकुटामा एभोकाडो महोत्सव सुरू

धनकुटा– घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ। धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो । धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ। धनकुटा नगरपालिकाले २०७५ […]

धनकुटामा एभोकाडो महोत्सव सुरु (फोटोफिचर)

धनकुटा : घ्यु फलको रूपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरु भएको छ।धनकुटा जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशविदेशमा प्रचार गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबारदेखि दुईदिने एभोकाडो महोत्सव सुरु भएको हो। धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुनेछ।सुन्तला, जुनार, मुन्तलाजस्ता कृषि उत्पादनमा अगाडि रहेको धनकुटाले यी उत्पादनमा विस्तारै ह्रास आउन थालेपछि धनकुटा नगरपालिकाले

धनकुटामा २ दिने एभोकाडो महोत्सव

धनकुटा-धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ ।एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना महोत्सव हुन लागेको हो । एभोकाडो कृषक समुहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । धनकुटा सदरमुकामको परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको स्थनमा हुने उक्त महोत्सवका ५० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।दुई दिनसम्म […]

पूर्वआइजीपी बोहराको घरमा एभोकाडो चोर्दा…

काठमाडौं, ८ असोज । एभोकाडो चार्नेको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १२ जना युवाहरु नयाँ बानेश्वर क्षेत्रमा एभोकाडो चोरेको अभियोगमा पक्राउ परेका हुन् । संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल बोहराको निवास र अन्य १० ठाउँबाट एभोकाडो चोरी भएपछि खोजतसालका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछापका सञ्जीव खड्का, हेटौंडा घर भएका […]