पहिलो पुस्ताका नेपाली अमेरिकन न्यु ह्याम्पसायरको म्यानचेस्टर निवासी विश्वबहादुर शाहले न्यु ह्याम्पसायर हाउस अफ रिप्रेजेन्टेटिभ्स अन्तर्गत हिल्सबरो काउन्टी जिल्ला ४१ बाट उम्मेदवारी घोषणा गरेका छन्। बहु-सदस्यीय यस जिल्लामा म्यानचेस्टरका वार्ड २, ४, ५ र ७ पर्छन्। जिल्ला ४१ बाट ४०० सदस्यीय राज्य प्रतिनिधिसभामा तीन जना प्रतिनिधि निर्वाचित हुन्छन्। डेमोक्र्याट शाहले आफ्नो अभियानको प्राथमिकता जीवनयापनको खर्च घटाउने, आर्थिक न्याय, सार्वजनिक […]
अमेरिकी न्याय मन्त्रालयअन्तर्गतको प्रशासनिक अपिल निकाय, अध्यागमन अपिल बोर्डले आज महत्वपूर्ण निर्णय जारी गर्दै अमेरिकामा १८० दिनभन्दा बढी गैरकानुनी रूपमा बसेका विदेशी नागरिकले अग्रिम यात्रा अनुमति लिएर विदेश यात्रा गरेमा उनीहरूलाई तीन वा दस वर्षसम्म अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लाग्न सक्ने ठहर गरेको छ। यो निर्णयले एक दशकभन्दा बढी समयदेखि कायम रहेको अध्यागमन अपिल बोर्डको […]
अमेरिकी अध्यागमन अदालतहरूमा देशनिकालाको सामना गरिरहेका आधाभन्दा बढी आप्रवासीसँग कुनै वकिल वा मान्यता प्राप्त प्रतिनिधि छैनन्। तर नेपाली नागरिकको हकमा भने कानुनी प्रतिनिधित्व नभएका व्यक्तिको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०२६ मा राष्ट्रिय स्तरमा अध्यागमन अदालतमा रहेका ५३.६७ प्रतिशत व्यक्तिसँग कानुनी प्रतिनिधित्व थिएन। जुन महिनाको अन्त्यसम्म देशभर विचाराधीन रहेका ३१ लाख ९५ हजार […]
अमेरिकी अध्यागमन एजेन्सी आइसले गत सप्ताहन्तमा देशभर सञ्चालन गरेको अभियानका क्रममा पक्राउ परेका एक नेपाली नागरिकलाई ‘सबैभन्दा खराबमध्येका खराब आप्रवासी’को उदाहरणका रूपमा प्रस्तुत गरेको छ। विभिन्न गम्भीर अपराधमा दोषी ठहर भएका कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गरेको आइसले वक्तव्यमार्फत सार्वजनिक गरेको १५ जनाको सूचीमा एक नेपाली नागरिकलाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेको हो। पक्राउ परेका नेपाली नागरिक […]