रत्नपार्ककाे शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ (तस्बिरसहित)

काठमाण्डाै - काठमाण्डाैको रत्नपार्कमा रहेकाे शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्ककाे शान्ति बाटिकामा आज बिहान काग बोलाएर १९औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग तिहारको दिनमा यमराजको सन्देश ...