नेकपा विभाजन : गण्डकीमा कसको पल्ला भारी ?

प्रतिनिधि सभा विघटनसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ विभाजन भएको छ, यद्यपि निर्वाचन आयोगबाट विभाजनले वैधानिकता पाउन भने बाँकी छ । केन्द्रबाट शुरू भएको विभाजन जिल्ला, स्थानीय तह तथा गाउँ–गाउँमा दुई चिरा बनेर प्रकट भइसकेको छ ।  पार्टी केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षधर गरी दुई समूहमा कित्ताकाट भएको छ । जिल्ला तथा प्रदेश स्तरका केही नेता, कार्यकर्ताहरू स्पष्ट रूपमा खुल्न भने बाँकी रहँदा दुवै पक्षले भने आफ्नो पक्ष बलियो भएको दाबी गर्दछन् ।  दुवै समूहले आन्तरिक...