काठमाण्डौमा सडकको बेहाल, दुर्घटना रोक्न खाल्डोमा बुख्याचा !

खेतबारीमा चराचुरुङ्गी र बाँदरबाट बाली जोगाउन बुख्याचा राख्नु त सामान्य नै हो । तर, मुख्य सडकमै बुख्याचाको झल्को दिने आकृतिलाई भने सामान्य मान्न नसकिएला । ललितपुरको लगनखेल–ग्वार्को सडकमा ग्वार्को नपुग्दै अलि वर लुखुसीमा बुख्याचाको झल्को दिने यस्तै आकृति देख्न सकिन्छ । लुखुसीको मुख्य सडकमा ठूलो भ्वाङ परेको छ र यो भ्वाङ परेको झण्डै एक महिना भयो । त्यो भ्वाङमा मोटरसाइकल, गाडी नफसोस भनेर बीचमा एउटा बाँस गाडिएको छ । बाँसमा बोरा हालेर बानिएको छ । टाढाबाट हेर्दा यो बारीमा बाली जोगाउन राखिएको बुख्याचा जस्तै मोटरसाइकल र गाड...