दाङ : पहिरोले पाँच घरपरिवार विस्थापित, राप्ती नदीमा बगेर एक जना बेपत्ता

दाङ – अविरल वर्षापछि खसेको पहिरोले दाङको बङ्गलाचुली टाकुराका पाँच घर परिवार विस्थापित भएका छन । गएराति खसेको पहिरोका कारण बङ्गलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका पाँच घर परिवार विस्थापित भएका हुन् । विस्थापित हुनेमा दिलबहादुर घर्ती, भीमबहादुर घर्ती, पाराश्वर पुन, तेजबहादुर सार्की, होमबहादुर घर्तीसहित पाँच परिवारका २२ जना रहेको वडा सदस्य भीमकुमार बुढाले जानकारी दिनुभएको छ । दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडिपोखरामा सारिएको छ । अन्य चार परिवारलाई पनि अन्यत्र सार्ने तयार...

सम्बन्धित सामग्री

कालीकोटको तिलागुफामा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता

कालीकाेट - कालीकोटको तिलागुफा नगरपालिका वडा नं. ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले उज्यालोलाई जानकारी दिनुभयो । आज बिहान पहिरोले घर बगाएको सूचना आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । कालीकोट लगायत कर्णाली प्रदेशका धेरै ठाउँमा लगातार पानी परिरहेको छ । कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता

धनगढी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका-५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालकाअनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये २ […]

अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता, उद्धार र खाेजी चल्दै

काठमाण्डाै - अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् । अछामको कमलबजार नगरपालिका वडा नम्बर–६ का ७ जना र तुर्माखाँद गाउँपालिका वडानम्बर–५ का ९ जना गरी १६ जना बेपत्ता भएका अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ । अहिले बेपत्ताको खोजी थालिएको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी प...

पहिरोले घर पुरिँदा  अछाममा नौ जना बेपत्ता

अछामको तुर्माखाँद गाउँपालिका–५, नाडामा पहिरो जाँदा तीन परिवारका नौ जना बेपत्ता भएका छन् । पहिरोले दुई घर पुरिएका छन् । गएराती नाडाको काँडाचौर गाँउमा गएको पहिरोले स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती...

पहिरोले पाँचथरमा तीन जना बेपत्ता

काठमाडौं- अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपाकिामा तीनजना बेपत्ता भएका छन्। फालेलुङ गाउँपालिका–७ मामा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका हुन्। पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा रुपलाल मगर, ३८ वर्षीया बुहारी गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन्। […]

धादिङकाे त्रिपुरासुुन्दरीमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

धादिङ - धादिङकाे त्रिपुरासुुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।  पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण हराउनु भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो।  गएरातिकाे अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएकाे लेदोले घर पुरिएकाे प्रहरीले जनाएकाे छ ।  घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरु सकुशल रहेका छन् । खाणको अवस्था भने पत्...

सुख्खा पहिरोले डोजर पुर्दा धादिङमा ३ जना बेपत्ता

धादिङमा सुख्खा पहिरोले डोजर पुर्दा ३ जना बेपत्ता भएका छन् । बिहीवार बिहान सुख्खा पहिरो आउँदा धादिङको रुबिभ्याली गाउँपालिकामा बाटो खनिरहेको डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रूबीभ्याली गाउँपालिका वडा नम्बर १  मा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो। डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । बिहान साढे सात बजेतिर पहिरो खसेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । तर उद्दार भइनसकेको बताइएको छ ।...

घर पुरिँदा ६ जना बेपत्ता

सोमबार देखिको निरन्तर परेको वर्षाका कारण आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँको बिचदउडामा रहेको धनबिरे शाही परिवारकै ६ जना बेपत्ता भएका छन् । पहिरोले मंगलबार राति घर पुरेको प्रहरीले जनाएको छ ।

पाल्पा : पहिरोले पाँच घर पुरियो, एक जनाको ज्यान गयो, एक जना बेपत्ता

पाल्पा - पाल्पाको तिनाउँ गाउँपालिका-५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।  कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको हो ।  पहिरोले ८ वर्षीय बालक आरब परियार बेपत्ता भएका छन् । बिहान साढे ३ बजे आएको पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर  राना, वीरबहादुर गुरुङ  र बलबहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।  पहिरोल...