तुवाँलोले धुम्म रहेको मौसममा सुधार : पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – तुवाँलोले केही दिनदेखि धुम्म रहेको मौसम सुधार हुँदै गएको छ । आज बिहानैदेखि देशका धेरैजसो ठाउँमा घाम लाग्न सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सफा नै रहेपनि स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले पहाडी क्षेत्रका केहि ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । दिउँसोपछि पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित क्षणिक पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भा...

सम्बन्धित सामग्री

मौसममा सुधार, अब ठूलो पानी नपर्ने

मौसम सुधार आएको छ। मौसमविद्ले अब ठूलो पानी नपर्ने बताएका छन्। यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ। क्रमिकरूपमा मौसममा सुधार आई ठूलो पानी पर्ने सम्भावना नरहेको जल...

‘अब ठूलो पानी पर्दैन’

क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

मङ्गलवारदेखि मौसममा सुधार हुने

काठमाण्डौ – मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा गएको पाँच दिनदेखि मौसम बदली र पानी परिरहेको छ । यही मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन पानी पर्ने सम्भावना रहेको हो । आउँदो मङ्गलवारदेखि मौसम क्रमिकरूपमा सुधार हुनेछ । उहाँले भन्नुभयो, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक&nda...

मौसममा सुधार, एक/दुई दिन लगातार पानी पर्ने सम्भावना कम

काठमाण्डाै - मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ । अबको एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अबको एक/दुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको जोखिम भने कायमै छ । मौसमविद् भट्टराईका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल झरेकाले झरीको सम्भावना कम भएको हो । तर, पनि केही ठाउँमा पानी पर्ने भएकाले साव...

आजदेखि मौसममा सुधार, भोलिदेखि दिन घमाइलो हुने

काठमाण्डाै - आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो । अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मानन्धरले बताउनुभयो । आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । हिजो परेको पानीको प्रभावले भोलि बिहान...

आजबाट मौसममा सुधार हुन्छ, धेरै ठाउँमा घाम लाग्छ : मौसमविद्

४ कात्तिक, काठमाडौं । आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् । ‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’ पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो […]

यास चक्रवातको प्रभाव घटेसँगै मौसम सुधार हुन थाल्यो

काठमाण्डाै - आजदेखि मौसममा सुधार हुन थालेको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रि-मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि गण्डकी, लुम्बिनी र...

मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने : मौसमविद्

काठमाण्डाै - देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो । आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूल...

मौसममा सुधार हुँदै, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाण्डौ – सोमबारदेखि मौसममा सुधार आएको छ । काठमाण्डौ र आसपासका ठाउँमा बिहानदेखि नै आकाश खुल्न थालेको छ । अब बिस्तारै मौसम खुल्ने र पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले बताएका छन् । सोमबार पूर्व र पश्चिमका केही ठाउँ बाहेक अरु ठाउँमा पानी पर्ने सम्भावना कम भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भारतको गुजरा...