सिमकोट– बिहीबार तीन बजे एक्कासी बेहोस भएर बिरामी भएकी गर्भवती महिलाको शुक्रबार हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको छ। बिरामी भएर उद्धार गरिएकी गर्भवती महिलामा ताँजाकोट गाउँपालिका–५ की वर्ष १७ की बाँचु बैजी रहेकी छन् । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बिरामी भएकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको बताए। उनले बैजीको बिराम […]
जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।
सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७-७८ मा १०३ जना र आव २०७८-७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो । आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसक
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ। डोल्पोबुद्ध गाउँपालिका वडा नं ५ तिन्जे बस्ने २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकप्टरबाट उद्धार गरेर...
काठमाडौँ,६ भदौ । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख […]
काठमाडाैँ- बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका-६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। […]
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी म
संखुवासभा – संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ। अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन्। गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको […]
रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरद्वारा उद्धार गरेर अस्पताल पठाइएको छ। पुथाउत्तरगंगा–१ मैकोटकी–१९ वर्षीया भुमिका पुन मगरलाई मंगलबार हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत पठाइएको हो। महिलालाई गएराति १२ बजे देखि सुत्केरीको व्यथा लागेपछि स्वास्थ्य चौकी मैकोटमा पुर्याइएको थियो। स्वास्थ्य चौकी मैकोटमा बच्चा जन्माउन नसकेको र झन समस्या भएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हेलिकोप्टरद्वारा उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोज