खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु, लुक्ला विमानस्थलमा उडान सङ्ख्या बढ्यो

साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेकाे खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । चिसो माैसममा सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढ्न थालेको स्थानीयवासीले बताएका छन् ।  जाडो छल्न काठमाण्डौलगायत अन्य क्षेत्रमा गएका स्थानीयवासी पनि फागुन लागेसँगै धमाधम फर्किन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । अहिले खुम्बुमा विदेशी पर्यटकहरू समेत देखिन थालेको उहाँले बताउनुभयो ।  खुम्बु भित्रिनेको सङ्ख्या बढेसँगै केही दिनयता तेन्ज...

सम्बन्धित सामग्री

रामेछाप–लुक्ला उडान सुरु

रामेछापको विमानस्थलबाट सोलुको लुक्ला विमानस्थलमा दैनिक उडान सुरु भएपछि रामेछापमा विदेशी पर्यटकको चहलपहल बढेको छ। वसन्त ऋतुको आगमनसँगै यो सिजनको हवाइ उडान सोमबारदेखि नियमित रूपमा सुरु भएको छ। अहिले विदेशी पर्यटक...