सर्वोच्चले गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दियो

काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउनुहुने भएको छ । सरकारले छानबिन गर्न समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारी सर्वाेच्चले वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश दिएपछि काम...