ऊर्जा क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पूर्ववर्ती ऊर्जामन्त्रीहरूसँग परामर्श लिएका छन् ।
नयाँ सरकार गठनलगत्तै सो मन्त्रालय सम्हालेकी मन्त्री भुसालले विभिन्न विज्ञ, सरोकारवालासँग छलफल र परामर्श लिने क्रममा बिहीबार पूर्वऊर्जामन्त्रीहरूसँग छलफल गरेका छन् ।
छलफलमा सहभागी पूर्वमन्त्रीहरूले आधारभूत तहका जनताको उत्थानलाई दृष्टिगत गरेर देशको आवश्यकता अनुसार कार्यक्रम बनाएर अघि बढ्न मन्त्री भुसाललाई सुझाव दिएका छन्।
आफ्ना अनुभव सुनाउँदै पूर्व...