शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ। सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।...
दमक : विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ।हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको हो।
जाजरकाेट – कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए।
इलाम । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो । उनको आज बिहान ७ः ३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ […]
काठमाडौं : रौतहट, मोरङ, झापा, नवलपरासी र कपिलवस्तुमा भएका छुट्टा छुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ३ प्रणामी टोलमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ। ना ४ त ३९३५ नम्बरको ट्याक्टरबाट गुडिरहेको अवस्थामै चालक चन्द्रपुर नगरपालिका ३ का ३५ वर्षीय रत्न बहादुर मोक्तान खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारीमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ वर्षीय श्
वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्।
रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा...
विषालु सर्पको डसाइबाट ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी रहेका छन्।
उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी...
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो। शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो। हालसम्म देशभर ९५०६ जनाको […]
जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका