नयाँ विचार संश्लेषण गर्न दस्तावेज तयार हुँदैछ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ विचार संश्लेषण गर्नका लागि दस्तावेज लेखनमा लागेको बताएका छन् ।  पालिकास्तरीय कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले २१ औं शताब्दीको सामाजिक मोडेल कस्तो हुने भन्ने कुराको विचार संश्लेषण तथा विश्लेषण गर्दै दस्तावेज तयार गरिरहेको बताएका हुन् ।  अबको एक महिना पछि हुने पार्टीको राष्ट्रिय सम्मेलनमा उक्त दस्तावेज सार्वजनिक हुने उनले बताए । पार्टीका नेता तथा कार्यकर्ताहरूमा एक किसिमले अन्योलता, अराजकता, निराश, असन्तुष्टि जस्तो प्रवृत्ति  देखा परेको...