रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक युवकको मृत्यु

टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक युवकको ज्यान गएको छ। लम्कीचुहा-६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज दिउँसो साढे २ बजे रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।  उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ।